जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङमा चट्याङले बिद्युतीय उपकरण क्षती गरेपछि सेवा ठप्प, बर्षाले ग्रामिण सडक अवरुद्ध

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
रोङमा चट्याङले बिद्युतीय उपकरण क्षती गरेपछि सेवा ठप्प, बर्षाले ग्रामिण सडक अवरुद्ध

गोबिन्द पौडेल रोङ : गएराती परेको चट्याङले रोङ ५ को वडा कार्यलको बिद्युतीय उपकरण नस्ट पारेको छ भने वडा नंम्बर ६ को ग्रामिण सडक जिर्ण बनाएको छ ।
चट्याङका कारण वडा नम्बर ५ को वडा कार्यलय र अस्थाइ कोभिड अस्पतालको भवनमा रहेको बेरिङ, मिटर कम्प्युटर फ्रिज लगायतका सबै सामग्री नस्ट बनाए पछि वडाबाट प्रदान गरिने सबै सेवा ठप्प भएको वडा नं ५ का वडाध्यक्ष दल बहादुर पूलामीले बताए ।
प्रबिधिक निरीक्षण पछि मात्र क्षतीको बिवरण प्राप्त हुने वडाध्यक्ष पूलामीले बताए । यता सोहि दिन परेको अबिरल बर्षले रोङ ६को ग्रामिण सडकहरुमा नराम्ररी क्षती पुर्याएको छ ।बर्षाले रम्भ्याङ्गको स्कुलडाँडा बरबोटे बरडाडा , आलेढुङ्गा सिमधारा बरडाडा सडकको बिभिन्न स्थानमा क्षती गरेका कारण किसानले उत्पादन गरेको हपरियो चिया , तरकारी र दुध बेच्न सकिएको छैन ।
रोङगाउपालिका वडा नंम्बर ६ ले क्षतीको विवरण संकलन गर्न सदस्य जीवन राई लगायतलाई खटाएको छ । क्षतीको बिबरण वडामा बुझाएर निमार्ण र मर्मतको पहल गरिने सदस्य राईले बताए ।
यता डेढ महिना अघि नै ढुङ्गा झरेर अवरुद्ध रहेको जौवारी जिर्मले सडक अझै खुल्न सकेको छैन । उक्त सडको लामा गाउँ नजिकै सडकमा ढुङ्गा झरेर अवरोध रहेकोमा आवश्यक उपकरण नजुटेका कारण सडक खुल्न नसकेको वडा कार्यलयले बताएको छ । सडक संचालनमा नआउदा आफुहरुको दैनिकी कष्टकर बन्दै गएको लामा गाउँका मन बहादुर तामाङ्गले बताए ।

This image has an empty alt attribute; its file name is sadak-rong-768x1024.jpg
TOP