प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

अन्जलीको स्वास्थ्यमा सुधार हुदै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
अन्जलीको स्वास्थ्यमा सुधार हुदै


फिक्कल: उपचारका लागि आर्थिक अभावले छटपटाइरहकी सूर्योदय नगरपालिका–१० की सात बर्षीया अन्जली तामाङको स्वास्थ्यमा सुधार हुनुको साथै आर्थिक सहयोग जुट्न थालेको छ । दैनिक ज्यालादारी गरेर परिवार पालिरहेका बाबु टिकारामलाई छोरीको उपचारमा समस्या भएपछि आर्थिक सहयोग मागेका थिए । विगत ६ बर्षदेखि प्यारालाइसिसले थलिएकी श्रीमती र तीन सन्तानका बाबु टिकारामलाई डाक्टरले एक बर्ष अघि नै अञ्जलीको किड्नीमा समस्या भएको बताए पनि उनले उपचार गर्न सकेका थिएनन ।उनी #Nephrotic #Syndrome रोगले ग्रसित रहेकी थिईन ।

स्थानीय अनलाईन हाम्रो पालिका डटकममा समाचार प्रकासन भएपछि सुर्योदय नगरपालिकाका स्थानीय युवा समाजसेवी तथा हाल चौधरी ग्रुप काठमाडौमा कार्यरत कुनाल राई र स्थानीय समाज सेवि रचना देवानको अगुवाइमा अन्जलीको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको हो । सुरुमा आफ्नै नजिकका साथीभाई र आफू कार्यरत सस्था चौधरी ग्रुपमा सहयोग रकम संकलन अभियान चलाएका राई र देवानले सहजीकरण गरीरहेका छन भने अन्य मनकारी ब्यक्तिहरुले रकम जम्मा गरिरहेका छन ।

‘सुनौलो भविष्य बोकेकी एउटी दालिका बचाउन हामी सबैको दायित्व हो, सकेको सहयोग गरौं र अन्जलीलाई चाँडै स्वस्थ्य बनाऔं भन्ने अभिलाषाले नै हामी जुटेका हौं,’ राईले भने,‘विश्वभर छरिएका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिनुहुन हाम्रो अनुरोध ।’ अन्जलीको यतिबेला खुट्टादेखि टाउकोसम्म पुरै सुनिएको छ । बिर्ता सिटि अस्पताल झापाले रिफर गरेपछि विराट नर्सिङ होम अस्पताल विराटनगरमा उनको उपचार भइरहेको छ ।डाक्डरका अनरसार अन्जलीलाई हस्पीटलमा तीन साता र घरमा तीन महिना उपचार गरे पछि उनी पूर्ण रुपमा निको हुने छिन

तामाङ परिवाले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैंकमा खाता समेत खोलेका छन । तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ अर्थात कुनाल राई, नविल बैंक, पुल्चोक ललितपुर को खाता नम्बर १९१००१७५११३९५मा चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गरेका छन र आवश्यक परे ९८४१९८९६१६ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

अन्जलीको ज्यान बचाउन कुनाल राई र रचना देवान अगुवाइमा सन्तोष राई, भूषण गौतम, लोकेश प्रधानलगायतका युवाहरुले आर्थिक संकलनको सहजीकरण गरिरहेका छन । त्यसै अन्जलीको उपचार गराउन स्थानीय सामाजिक अगुवा तथा शिक्षासेवी युवराज बाशिष्ठ, अग्रज पत्रकार केदार शर्माले भूमिका निर्वाह गरिरहेका छन ।

TOP