जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको रोङमा अवस्थित पाथीभराको हिसावकिताब पुरानो समितिले साधारण सभा गरी बुझाउने

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
इलामको रोङमा अवस्थित पाथीभराको हिसावकिताब पुरानो समितिले साधारण सभा गरी  बुझाउने

फिक्कल: इलामको रोङ गाउँपालिकाको कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभराको हिसावकिताब पुरानो समितिले सरोकारवालाको रोहवरमा रोङ गाउँपालिकालाई बुझाउने भएको छ ।
पाथीभरा संरक्षण समितिले स्थानीय राजनीतिक दलका प्रतिनिधि संग छलफल गरी १ महिना भित्रमा साधारण सभा गराई पाथीभरामा भएका गतिविधि सहित जिन्सी र नगद सहितको हिसावकिताव गाउँपालिकालाई बुझाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय इलामले संस्थाको साधारण सभा गराई सबै विवरण सहित हिवास किताव पाथिभराका साधार सदस्य , आजिवन सदस्य , राजनीतिक संयन्त्र र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि राखी पालिकालाई बुझाउन भने पछि संस्थाका अध्यक्ष दौलत कुमार राईले बोलाउनु भएको बैठक पछि स्थानीय राजनीतिक दलको रोहवरमा साधारण सभा गराउने निर्णय गर्दै हिसावकिताव बुझाउने गरी प्रेस बिज्ञप्ती जारी गरिएको छ ।
संस्थाका अध्यक्ष राईको निमन्त्रणमा भएको छलफल पछि जारी गरिएको बिज्ञप्तीमा नेपाली कांगे्रस रोङका सभापती हरी बुढाथोकी, नेकपा एमाले रोङका अध्यक्ष खड्ग आले मगर, माओवादी केन्द्रका प्रतिनिधि गणेश कुमार राई, राप्रपा प्रतिनिध राजेन्द्र आचार्य, जसपाका जिल्ला सदस्य केशवराज लुईटेल र नेकपा एसका प्रदेश समिति सदस्य बृहस्पति खतिवडाद्धारा हस्ताक्षरित बिज्ञप्ती जारी गरिएको छ । बिज्ञप्तीमा आगामी दिनमा पाथिभराको बिकासमा सहयोग गर्ने र सरकारका निती नियम मान्ने समेत उल्लेख गरीएको छ ।
संस्थाका सदस्य हरी बुढाथोकीले १ महिना भित्रमा साधारण सभा गराई संस्थाका साधारण र आजिवन गरी १ सय ५४ जना सदस्यलाई हिसावकिताव बुझाउने जानकारी दिनु भयो । उहाले संस्थाको साधारण सभा गराए पछि संस्थालाई राख्ने की खारेजी गर्ने भन्ने साधारण र आजिवन सदस्यले गरेको निर्णय अनुसार गर्ने जानकारी दिनु भयो ।
२०५५ सालमा जिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएको पाथीभरा संरक्षण समिति २०७४ साल देखि नविकरण भएको छैन । पुरानो संस्थाले आफनो कार्यकालमा मन्दिरमा पक्की सिढी, सौचालय र खानेपानीको ब्यवस्था गरेको जनाएको छ । समितिले २५ लाखको हाराहारीमा नगद रकम समितिको खातामा रहेको जनाएको छ । कानुनी अड्चनका कारण संस्था नविकरण नभएको बुढाथोकीले बताउनु भयो ।
गाउँपालिकाले कानुन निर्माण गरी दुई महिना अघि पाथीभरा संरक्षण तथा ब्यवस्थापन बिकास समिति गठन गर्दै पाथीभरालाई गाउँपालिकाको स्वामितवमा ल्याएको थियो । नयाँ समितिले पाथीभराको जिम्मा लिए पछि २ महिनामा ४० लाख आम्दानी पाथीभरामा भएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले पुरानो समितको हिसावकिताव बुझाउने पत्र प्राप्त भए पछि पालिकाले समितिको आन्तरिक लेखा परिक्षण गर्न आन्तरिक लेखा परिक्षक नियुक्ति गरी त्यसको निर्णय सहितको पत्र आज पुरानो समितिलाई पठाईएको जानकारी दिनु भयो । गत माघ महिना सम्म १ बर्ष नौ महिनाको अडिट पालिकाले नियुक्त गरेको अडिटरले गर्नै उहाले जानकारी दिनु भयो । अध्यक्ष स्याङबोले उक्त समय भन्दा अगाडीको लेखा परिक्षण प्रतिवेदनको छानविन जिल्ला प्रशासन कार्यालयले गर्ने जानकारी दिनु भयो ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले पुरानो समितिका पदाधीकारीलाई बोलाएर आफुले तत्काल साधारण सभा गर्न निर्देशन दिएको जानकारी दिनु भयो । उहाले संस्था दर्ता ऐन संस्सोधनको तयारीमा रहेको र पाथीभरा संरक्षण समिति जस्ता संस्था पालिका स्तरमा नै रहने भएकाले एउटै मन्दिरको दुईवटा समिति नहुँने भएकाले साधारण सभाबाट संस्था खारेजीको निर्णय गराउन निर्देशन दिएको बताउनु भयो । उहाले पुरानो समितिले गाउँपालिकाले गठन गरी पाथीभराको ब्यवस्थापनको काम गर्दै आएको नयाँ संस्थालाई नगद र जिन्सीको विवरण बुझाउनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘ पुरानो समितिलाई लेखा परिक्षण प्रतिवेदन बुझाउन भनेको छु, संस्था खारेज भए पनि बिगतमा त्यहा भएको हानी नोक्सानीको छानविन गर्ने प्रक्रियालाई हामी अगाडी बढाउने छौ।’

बिज्ञप्ती

TOP