प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको ‘थुम्केरानी’ महोत्सव आजदेखि

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलामको ‘थुम्केरानी’ महोत्सव आजदेखि


माईजोगमाई: इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानीमा आजबाट तीन दिने पर्यटन महोत्सव शुरु हुँदै छ ।पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिको आयोजना तथा माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा आजबाट शुरु हुँन लागेको हो ।
आयोजकले महोत्सवका लागि आवश्यक पर्ने सबै पूर्वाधार तयार भएको जानकारी दिएको छ । महोत्सवमा नेपाल–भारतको सुन्दर दृश्यावलोकनसंगै सांगीतिक कार्यक्रम समेत हुनेछ । आज २२ गतेबाट २४ गते सम्म संचालन हुने महोत्सवमा स्टल सहित स्थानीय खानाका परिकार पर्यटकका लागि राखीने आयोक समितिका अध्यक्ष रत्न थामीले जानकारी दिनु भयो । उहाका अनुासर आज स्थानीय सिंहदेबी मन्दिरको दर्शन सहित कार्यक्रमको उद्घाटन हुने छ । त्यस्तै २३ गते ट्रेकिङ सहित अन्य कार्यक्रम र २४ गते समापन सहित सांगीतिक कार्यक्रम गरीने छ ।
थुम्केरानीबाट झुल्के घामको दृश्य अवलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाको केन्द्र नयाँबजार देखि थुम्केरानी, जौबारी, तुम्लिङ्ग, टंङ्लु,मेग्मा सम्मको पैदल यात्रा समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ । महोत्सवमा पर्यटकका लागि जंगल सफरी र दुर्लभ रेडपाण्डाको अवलोकन थप आर्कर्षक बन्ने छन । विश्वको तेस्रो अग्लो हिमशृखला, दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्ड) ,एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकनको व्यवस्था मिलाइएको अध्यक्ष थाकीले जानकारी दिनु भयो ।
महोत्सवमा गायक यम बराल ,इन्द्र गुरुङ, पदम राई, विजय मुकारुङ राई,नवीन सुवेदी लगायत स्थानीय कलाकारको प्रस्तुती रहनेछ । मुख्य आकर्षणको रुपमा हास्यकलाकारः– सुबोध गौतम (एदुमे) रहेका छन् ।एक्सीम्बल ब्यान्डको लाइभ कन्सर्टका साथै विभिन्न जातजातिका झाकी नाच हुनेछ । आन्तरिक एवम बाह्य पर्यटकलाई थुम्केरानीको बारेमा जानकारी दिने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । माइजोगमाई स्थित यस थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको आयोजक समितिका उपाध्यक्ष राजेश थामी बताउनु हुन्छ ।
लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक पर्यटक पुग्ने गरेका छन । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ ।
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले गाउँपालिकाको थुम्के सहित माथिल्लो लेकाली क्षेत्रको बिस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिने जानकारी दिनु भयो । उहाले दिगो आर्थिक उर्पाजनका लागि पर्यटक बिकास आवश्यक भएको जानकारी दिनु भयो ।
पालिकामा उत्तरे पोखरी , शिब मन्दिर बौद्धगुम्बा सहित बिभिन्न देबिस्थल सहितका धार्मीक पर्यटकीय स्थल रहेका छन । जौवारी , तुम्लिङ, टङ्लु मेघमा लगायतका क्षेत्र बिदेशी पर्यटकको रुचीमा पर्ने क्षेत्र हुँन । जौवारी हुँदै सन्दकपुर सम्म्को यात्रा गर्न सकिन्छ ।

TOP