जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाम नगरपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा

इलाम : इलाम सदरमुकाममा रहेको जिल्लाकै पुरानो नगरपालिकाको पहिचान बनाएको इलाम नगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसम शुरु भएसंगै इलाम नगपालिका वडा नबर ९ का ज्येष्ठ नागरिकको सम्मान स्वरुप ७५ वर्ष माथिका १५० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । यसका साथै जेष्ठ नगारीक हरुको स्वास्थ परिक्षण समेत गरिएको छ । जिउँदो इतिहासका रुपमा रहेका उनीहरुलाई चिसोमा न्यानो कपडा लागाई जोगिन र स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।

सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष चौहानले यो निर्वाचित भएर आएको पहिलो बर्ष रहेको बताउदै आगामी बर्षहरुमा पनि यि र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ । स्थानीय नागरिकहरुको मनोभावना बुझेर नगरपालिकाले समाजिक सुरक्षा भक्ता सहज रुपमा वडा बाटै वितरण गर्ने व्यवस्था समेत सुरु गरेको छ ।यता नगरपालिकाका प्रमुख केदार थापाले बृद्ध बृदाहरुको हकहित तथा सहयोगको लागि पालिकाले विभिन्न खाले कार्यक्रम मार्फत सहयोग गरिरहेको बताउनुभएको छ । थापाले स्थानीय सरकार भएको अनुभूति दिलाउन सवै वडामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम लगाएत विभिन्न खालका लक्षित कार्यक्रम सञ्चालन गरिरहेका बताए ।

उता न्यानो कपडा पाएसंगै जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् । उनिहरुले भनेका छ्न ‘हामीले वेला वेलामा सहयोग पाईरहेका छौँ, यो जाडोमा वडा कार्यालयले सहयोग गर्यो, हामीलाई धेरै खुसी लागेको छ, सरकारको सहयोग नपाएको भए हामीलाई धेरै समस्या हुन्थ्यो ।’

TOP