Hamropalika menu advertisement

पदक बिजेता खेलाडीलाई सम्मान

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
पदक बिजेता खेलाडीलाई सम्मान

जिल्लास्तरिय १३औं राष्टपति कप प्रतियोगितामा सहभागि भई पदक बिजेता बिद्यार्थी खेलाडिलाई आज बिद्यालयले सम्मान गरेको छ । खेलसबन्धि भौतिक पुर्वाधार नाजुक रहेतापनि गाउँपालिका स्तरिय छनौट प्रतियोगितामा छात्रा हाईजम्पमा प्रथम भई हालै फाकफोकथुममा भएको प्रतियोगितामा रजत पदक बिजेता छात्रा जुनु राईलाई आज उनि अध्ययनरत बिद्यालय सरस्वती मा बि रोङ ६ ले प्रससापत्र र मायाको चिनो स्वरुप टिसट दिएर सम्मान गरेको हो ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङ राईको अध्यक्षतामा भएको सम्मान कार्क्रममा खेलाडि छात्रा जुनु राईको आमालाई समेत सम्मान गरिएको थियो ।खेलको माध्यामबाट पनि भबिष्यमा केहि गर्न सकिने र बिद्यार्थी हरुलाई यस्ता कृयाकलापप्रति प्रेरित गर्न खेलाडीबिद्यार्थिलाई सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक गोबिन्द पौडेलले बताए ।

TOP