काठमाडौं : बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नयाँ प्रिमियम एसयूभी एटो(थ्री यसैसाता सार्वजनिक गर्ने भएको छ । कम्पनीले लामो समयपछि यसलाई नेपालमा विक्री सुरू गर्न लागेको हो ।यसअघि साउन २० गते सार्वजनिक गर्ने भनिएको एटो थ्री कम्पनीले सार्वजनिक गर्न सकेको थिएन । एटो(थ्री भोली अक्टोबर ११ मा भारतीय बजारमा सार्वजनिक हुँदैछ भने त्यसको ४ दिनपछि अक्टोबर १५ तारिखमा नेपालमा सार्वजनिक गर्ने भएको हो ।
यसअघि बीवाइडीले अष्ट्रेलिया र सिंगापुरमा एटो थ्रीको विक्री सुरू गरिसकेको छ ।बीवाइडी अटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०।४ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ ।अहिलेसम्म नेपालमा उपलब्ध बीवाइडीको कार मध्ये सबैभन्दा पावरफुल मोटर रहेको एटो(३ ले एक पटकको फुलचार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एक्सीलेरेसन पनि उत्कृष्ट रहेको छ । गाडीले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केवल ७।३ सेकेन्डमा भेट्टाउने छ ।
बीवाइडीको डेडिकेटेट ईभी प्लेटफर्ममा तयार भएको एटो(३ कम्पनीको नयाँ ड्रागनफेस ३।० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याबिन यसको सबैभन्दा सबल पक्ष हो । १२।८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरब्याग, अष्ट्रेलियन एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ यो कारको बलियो पक्ष हो ।कम्पनीले यसको एक्सटेरियरलाई पनि निकै आकर्षक बनाएको छ । कम्पनीले यसको मूल्यको विषयमा आधिकारिक जानकारी नदिए पनि ८५ लाखदेखि ९० लाख भित्रै रहनेगरी मूल्य निर्धारण गर्ने अनुमान छ ।