पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

पत्रकार महतलाई स्वास्थ्य दर्पण हेल्थ अवार्ड

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
पत्रकार महतलाई स्वास्थ्य दर्पण हेल्थ अवार्ड

चितवन : राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ९ प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेशबाट इलामका पत्रकार सम्मानित भएका छन । रेडियो बुद्धवाणी एफ एम ९५.७ मेगाहर्जका प्रबन्धक निर्देशक, पत्रकार दिनेश महत सम्मानित भएका हुन ।

आज भरतपुरमा स्वास्थ्य दर्पण मिडिया नेटवर्कद्धारा आयोजित हेल्थ अवार्डबाट महतलाई सम्मानित गरिएको हो । पत्रकारिताको माध्यम बाट स्वास्थ क्षेत्रमा समाजमा पुरयाएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता पूर्व महामन्त्री डा . शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतले सम्मानपत्रसहित उनलाई सम्मान गरेका थिए ।
सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा कोइराला, पत्रकार महासंघका अध्यक्ष पोखरेल , गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसी, वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महर,राष्ट्रिय स्वास्थ्य दर्पणका सल्लाहकार डा भोजराज अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

TOP