जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाम निर्वाचन क्षेत्र नं. १ मा झलनाथ खनाललाई गठबन्धनले सहज

  • प्रकाशित मितिः April 18, 2026
  • हाम्रो पालिका
इलाम निर्वाचन क्षेत्र नं. १ मा झलनाथ खनाललाई गठबन्धनले सहज

इलाम: आसन्न प्रदेश प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जादा दलका उम्मेदवार आफनो मत माग्न मतदाताका घरघरमा पुगीरहेका छन् । इलामको क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनाल यतिबेला आफनो निर्वाचन क्षेत्रका मतदाताका घरघरमा हुनुहुन्छ । गठबन्धनका साझा उम्मेदवार खनाललाई मत माग्न खासै अप्ठयारो छैन । किनकी उहाले यस्ता आधा दर्जन निर्वाचनमा यहि क्षेत्रको प्रतिनिधित्व गरिसक्नु भएको छ ।
पूर्व प्रधानमन्त्र तथा नेकपा एसका सम्मानित नेता खनाललाई इलाम क्षेत्र नम्बर १ मा गठबन्धनमा रहेका दल नेपाली काग्रेस र माओवादी केन्द्रले राम्रै साथ दिएका छन् । खनाल यतिबेला आफनो निर्वाचन क्षेत्रमा गठबन्धनका साझा कार्यक्रमका साथ मत मागी रहनु भएको छ । नेकपा एमालेबाट फुटेपछि उनी नयाँ पार्टी नेकपा एसबाट चुनावी मैदानमा उत्रदैछन् । स्थानियतहको निर्वाचनकोे नतिजाले पनि खनाललाई एक्लै चुनाव जित्न कठिन हुने देखिन्छ । त्यसैले उनी काग्रेस सहितको पाँच दलीय गठबन्धनको सहारामा चुनावी प्रतिस्पर्धामा छन् ।
खनालले आफनो निर्वाचन क्षेत्रमा आफु संगको कुनै प्रतिष्पर्धी नै नभएको बताउदै आउनु भएको छ । चुनाब जित्नेमा ढुक्क रहनु भएका खनाल आफैले राजनीतिमा डोहो¥याएका संग खासै प्रतिष्पर्धा नहुँने बताउदै आउनु भएको छ । खनाल संग मुख्य गरी नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत संग प्रतिष्पर्धा हुने छ । बस्नेत इलाम नगरपालिकाका निवर्तमान नगर प्रमुख हुनुहुन्छ । बस्नेत १ नम्बर क्षेत्रमा निर्वाचनमा प्रतिष्पर्धा गर्न आउदै गर्दा उहाको पार्टी नेकपा एमालेकै नेता कार्यकर्ताले ‘टुरिष्ट’ नेताको संघा दिने गरेका छन् । २ नम्बर क्षेत्रमा बसोबास गर्दै आउनु भएका बस्नेतले युवा भएका कारण चुनाव आफुले जित्ने दावी गर्दै आउनु भएको छ ।
इलामको निर्वाचन क्षेत्र नं. १ मा सूर्याेदय र माई नगरपालिका तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् । इलाम नगरपालिकाको वडा नम्बर १० पनि पर्दछ । गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनको मत परिणामलाई हेर्दा क्षेत्र नम्बर १ मा गठबन्धन निक्कै बलियो देखिन्छ । सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका उम्मेदवार रण बहादुर राई विजयी बन्नु भएको छ भने काग्रेसका दुर्गा बराल उप प्रमुखमा बिजयी बन्नु भएको छ । माई नगरपालिकाको प्रमुख र माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बन्नु भएको थियो भने सन्दकपुर र रोङ गाउँपालिकाको अध्यक्ष नेपाली काग्रेसले जितको थियो । ३९ वटा वडा रहेको खनालको निर्वाचन क्षेत्रमा स्थानिय निर्वाचनमा नेपाली काग्रेसले १६ ,एमालेले १५ ,समाजवादीले ७ र स्वतन्त्रले एक वडा जितेका थिए । स्वतन्त्र सहित २४ वटा वडा गठबन्धन भित्र छन ।
खनालको जितका लागि गठबन्धन मध्ये काग्रेसको भूमिका महत्वपूर्ण हुने देखिन्छ । यदी कागे्रसका कार्यकर्ताले पार्टीको निर्देशन अनुसार इमान्दार भएर भोट दिएमा खनालको जित सुनिश्चित देखिन्छ । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क मा प्रदेश १ का पर्यटन मन्त्री तथा नेकपा एसका नेता खिनु लङवा लिम्बु , ख मा काग्रेसका क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा रोङ गाउँपालिकाका निर्वतमान अध्यक्ष शम्सेर राई चुनावी मैदानमा छन । यी दुबै उम्मेदवार बिगतको कामका कारण मतदाता माझ पपुलर छन ।
नेपाली कांग्रेस सूर्योदय नगर समितिका सभापति जिवन नेपाल पूर्व प्रम खनाललाई काग्रेस र माओवादीको पूर्ण साथ भएकाले सहज भएको बताउनु हुन्छ । उहा भन्नु हुन्छ ‘स्थानीय निर्वाचनले गठबन्धन सिकायो, अहिले गठबन्धन झन मजबुद भएको छ ।’ उहाका अनुसार गठबन्धनमा अहिले कुनै समस्या छैन । निर्वाचन पछि खनाल राष्ट्रपति बन्ने भन्ने चर्चाले पनि स्थानीय मतदाताको ध्यान खनाल तिर तानिएको छ ।
नेकपा एसका नेता तारा नेपाल गठबन्धनलाई सहज बनाउन संयुक्त कार्यक्रम लिएर गाउँ गएको बताउनु हुन्छ । खनालले भने मत माग्दा आफु देश र जनताको पक्षमा सधै लडेको बताउने गर्नु भएको छ ।

TOP