जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

संबिधानको रक्षा गर्न गठबन्धनलाई बलियो बनाउनु पर्छ :पूर्व प्रम खनाल

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
संबिधानको रक्षा गर्न गठबन्धनलाई बलियो बनाउनु पर्छ :पूर्व प्रम खनाल


इलाम: पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले संबिधानको रक्षा गर्न गठबन्धनलाई बलियो बनाउनु पर्ने बताउनु भएको छ ।बाम लोकतान्त्रिक गठबन्धन द्धारा रोङ स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रम खनालले संबिधान माथी अझै पनि प्रहार भैरहेकाले त्यसको रक्षा गरी नेपालीलाई सार्वभौम सम्पन्न बनाउनका लागि गठबन्धनलाई बलियो बनाउनु पर्ने बताउनु भएको हो । उहाले बर्तमानको आवश्यक्ता भनेकै एकता भएको बताउनु भयो । उहाले लामो संर्घषबाट प्राप्त उपलब्धी संस्थागत गर्न जरुरी रहेको बताउनु भयो । उहाले नेपालको संविधान बिश्वकै उत्कृष्ठ संबिधान भएको उल्लेख गर्नु भयो । उहाले भन्नु भयो‘बिकसीत देशको संबिधानको तुलना गर्दा महिलालाई ३३ प्रतिशत सुरक्षित गर्ने संबिधान नेपालको मात्र हो । ’
उहाले संबिधानमाथी अझै खतरा रहेको बताउनु भयो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिगतमा दुई दुई पटक संसद बिघटन गरेर संबिधान मास्ने षड्यन्त्र गरेको स्मरण गराउदै संबिधान बिरोधीलाई परास्त गर्नका लागि लोकतान्त्रीक शक्ति बिच गठबन्धन जरुरुी भएको बताउनु भयो ।
केपी ओली सरकारले दुई तिहाई बहुमत हुँदा पनि जनताको जनजिविकाका सवालमा काम गर्न नसकेको बताउदै त्यस बेलाको परिणाम बर्तमान सरकारले खेपी रहनु परेको बताउनु भयो ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ का साझा गठबन्धनका उम्मेदवार समेत रहनु भएका खनालले जिल्लामा बिकास निर्माणका धेरै काम गर्न वाँकी रहेको बताउनु भयो । उहाले बिकास निर्माणका काम एकै पटक नहुँने भएकाले क्रमश बिकास हुने बताउनु भयो । उहाले गठबन्धन दल प्रतिबद्ध हुँदा सबै क्षेत्रमा गठबन्धन उम्मेदवारको जित पक्का भएको बताउनु भयो ।
गठबन्धन दल रोङ समन्वय समितिका अध्यक्ष बृहस्पति खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले मंसिर ४ को निर्वाचन राजतन्त्रवादी र लोकतन्त्रवादी बिचको भएको बताउनु भयो । उहाले अहिलेको अवस्था सबै कुरा बिर्सीएर गठबन्धन जिताउने बेला भएको बताउनु भयो ।
कार्यक्रममा संबिधान सभा सदस्य टिकाराम लाप्चाले गठबन्धनमा धोका भयो भने देश संकटमा पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापती तथा निर्वाचन क्षेत्र नं. १ प्रदेश ख का गठबन्धनका उम्मेदवार शम्सेर राईले आफुहरुले आगामी दिनमा जनताका इच्छा पुरा गर्ने गरी काम गर्ने बताउनु भयो । उहाले आफुले बिगतमा रोङ गाउपालिकालाई समृद्ध बनाउन खेलेको भूमीकाको चर्चा गर्दै उक्त निर्वाचन क्षेत्रका अधुरा काम पुरा गर्नका लागि आफु सहित गठबन्धन दलको जित आवश्यक रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाली काग्रेस इलामका सह सचिव देवेन्द्र सुवेदीले गठबन्धनमा धोका दिने काम भए त्यसको नतिजा राम्रो नहुँने बताउनु भयो । उहाले क्षेत्र नं. १ र २ मा भाट साटासाट गरीएको बताउदै सबै नेता कार्यकर्तालाई गठबन्धनमा प्रतिवद्ध हुन आग्रह गर्नु भयो । कार्यक्रममा माओवादी केन्द्र रोङका अध्यक्ष देवेन्द्र राईले स्वागत मन्तब्य राख्नु भएको थियो ।

TOP