जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

आपत-बिपदमा सम्झने नाम हो ‘डम्बर खड्का’

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
आपत-बिपदमा सम्झने नाम हो ‘डम्बर खड्का’

गौतमबुद्धको एउटा बाणी छ, ‘जसले मेरो सेवा गर्न चाहन्छ, उसले पीडितको सेवा गरोस्।’ नेपाली समाजमा पनि सेवा नै धर्म हो भन्ने भनाइ चल्दै आएको छ। तर, जब संकटको अवस्था आउँछ, त्यो बेलामा मान्छे सेवा गर्ने भन्दा पनि कमाइ गर्नतर्फ ध्यान दिन्छन्।

समाजमा यस्तै विषम परिस्थितिले हुनेखाने र हुँदा खानेको दूरीलाई झन बढाउँदै लगेको हुन्छ। धनी र गरिबबीचको खाडल झन्झन् गहिरो भएर जान्छ। समाजसेवा गर्ने तर्फ कसैले ध्यान नदिएको हो कि झैं लाग्छ। सेवा नै धर्म हो भन्ने भनाइ विस्तारै अर्थहीन हुँदै गएको देखिन्छ।

तर, समाजमा समाजसेवीको पनि कमी छैन है भन्ने उदाहरण बन्न सफल भएका छन् इलामका डम्बर खड्का । जतिबेला नेपालमा कोरोना महामारीले आक्रान्त बनाएको थियो । त्यसबेला जब राजधानी काठमाडौ सहित देशभर निषेधाज्ञा लागू भएपछि घर फर्किन सरकारले २ दिनको समय दिएको थियो। त्यो दुई दिनमा काठमाडौंबाट पूर्व जानेहरुका लागि निजी सवारी साधन तयारी अवस्था थिए, जो निःशुल्क थिए । जस्को श्रेय थियो डम्बर खड्का ।

यतिमात्र हैन लामो समय कोरोना माहामारी भएको बेला दैनिक ज्यामा मजदुरी गर्नेलाई समस्या परेको बेला हजारौं केही चामल खड्काले नै जिल्लाका बिभिन्न भुभागमा बितरणगरेको दृश्य अझै आँखा अगाडि झल्कने गर्दछ ।

खड्काले धार्मिक आस्था, राजनीतिक आस्थालाई पर राखेर समाजमा सहयोग गर्दै आएको उनका सहयोगी शिव थापाको भनाइ छ । थापाले भने, ‘उहाँले हिन्दु मन्दिरहरुका लागिमात्र नभइ चर्च निर्माणमा समेत सहयोग गर्दै आउनु भएको छ। उहाँलाई दुःखमा परेको छ भन्ने खबर सुनाइदिएपछि तत्कालै सम्बन्धित ठाउँमा पुगेर सेवा गर्नु हुन्छ।’

कतिपय अवस्थामा आफ्नो व्यवहारिक समस्यालाई जस्ताको त्यस्तै छोडेर पनि अरुको सहयोग गर्न तल्लीन देखिएको देख्दा आफूलाई पनि अच्चम लाग्ने थापाको भनाइ छ । थापाले विगत लामो समयदेखि खड्कासँग काम गर्दै आएका छन् ।

मठमन्दिर, चर्च, गुम्बा निर्माण होस्, खेलकुदमा पुरस्कार, मिर्गोला पीडितलगायतका अन्य रोगीहरुलगायतलाई सधैं सहयोग गर्ने खड्का यस पटक भने इलामको प्रतिनिधि सभा क्षेत्र नबर २ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका छन । बिगत लामो समय देखि एकलौटी पटक जमाएका एमाले नेता सुबाश चन्द्र नेम्वाङलाई पछि पार्दै यसपटक कांग्रेस बिजयी बन्ने नेता खड्काको भनाई छ ।

‘खुसी हुनु पर्छ । खुसी हुन जान्नु पर्छ,’ खड्काले भने, ‘मैले जीवनमा आफु खुसि हुने भन्दा पनि अरुको ओठमा आएको खुसीको मुस्कानले आयु बढाएको महशुस गरेको छु त्यसैले पनि यसपटक मलाई आम इलाममेलीले अमुल्य मतदान गरि मलाई बिजयी बनाउनुहुनेछ ।’

TOP