प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाममा सवारी साधनको नयाँ भाडादर निर्धारण

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
इलाममा सवारी साधनको नयाँ भाडादर निर्धारण

मेची राजमार्गसहित इलाम जिल्लाका एक सय ४३ सडकमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ । अत्यधिक रूपमा भाडादर वृद्धि भएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामको पहलमा मेची राजमार्ग र अन्य सहायक मार्गमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर कायम गरिएको हो ।

मेची राजमार्गको इलाम–बिर्तामोड र इलाम–फिदिम रुटमा २२ प्रतिशत तथा जिल्लाका अन्य सहायक सडकमा सञ्चालन हुने सवारी सानमा १५ प्रतिशतले भाडादर वृद्धि गरिएको छ । मेची राजमार्गमा नयाँ भाडादर सोमबारबाट नै लागु भएको छ भने अन्य सडकको एक महिनापछि भाडादर पुनरावलोकन गरिने बताइएको छ ।

सडकको अवस्था अध्ययन गरी अन्य सडकको भाडादर पुनरावलोकन गरिने इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । अब इलाम–बिर्तामोडको भाडा ४ सय ३० र इलाम–फिदिमको भाडा ४ सय ८ रुपियाँ कायम भएको छ । यसअघि व्यवसायीले इलाम बिर्तामोड र इलाम फिदिमको भाडा ५०० बढी मनलाग्दो ढङ्गले लिदैआएका थिए । कोरोना जोखिमको समयदेखि व्यवसायी मनपरी ढङ्गले यात्रुबाट भाडा असुल्दैआएका थिए ।

स्थानीय यातायात व्यवस्थापन समितिको बैठकले २०७८ असोज १८ मा तोकेको भाडदारलाई आधार बनाएर नयाँ भाडादर समायोजन गरेको प्रजिअ ढुङ्गानाले जानकारी दिनुभयो । यसअघि तोकिएको आधिकारिक भाडादरअनुसार इलाम–बिर्तामोडको ३ सय ५३ र इलाम–फिदिमको ३ सय ३५ रुपियाँ थियो ।

समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले नयाँ भाडादरभन्दा बाहिर गएर भाडा असुल्ने सवारीचालक र सवारीलाई कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो

‘सर्वपक्षीय छलफलबाट नयाँ भाडादर कायम गरिएको हो, अब कार्यान्वयनमा सबै पक्ष लाग्नु पर्छ ।’ मूल्यवृद्धि जिल्लाका सडकको अवस्था र सङ्घीय सरकारले तोकेको भाडदारलाई मध्यनजर गरी समितिले भाडादर कायम गरेको जनाएको छ ।

मेची राजमार्ग बाहेकका अन्य सडकमा पहिले भाडा निर्धारण गर्दा कच्ची रहेका सडक अहिले ग्राभेल वा पक्की बनेको हुनसक्ने र स्थानीय तहले निर्माण गरेका नयाँ सडक समेत थप भएकाले उक्त सडकको अध्ययन गरेपछि मात्रै भाडा कायम हुने समितिले जनाएको छ ।

जिल्लाका कच्ची सडकमा व्यवसायीले मनपरी भाडा असुल्दै आएका छन् । जिल्लाका ग्रामीण सडक हिलाम्मे हुने भएकाले यात्रुले जति पनि भाडा तिर्न बाध्य हुँदैआएका थिए । चाडबाडको समयमा व्यवसायीले आफूखुसी भाडा वृद्धि गर्ने गरेका छन् ।

TOP