जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

लालबहादुर गुरुङको हत्या आरोपी इलाम प्रहरीद्धारा सार्वजनिक

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
लालबहादुर गुरुङको हत्या आरोपी इलाम प्रहरीद्धारा सार्वजनिक

इलाम : इलाम र झापाको सीमानामा पर्ने रतुवा खोलाको पुलमा बुधबार साँझ लालबहादुर गुरुङको हत्यामा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् ।शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ परेका सबैको सार्वजनकि गरेको छ ।
पक्राउ पर्नेहरुमा इलामको चुलाचुली गाउँपालिका ४ का २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भनिने नरेशकुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भनिने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भनिने चन्द्रकुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीष टिका भनिने नरेन्द्र तुम्रोक, २६ वर्षीय बिक्रम हिङमाङ ९नेपाली० र २९ वर्षीय पर्शु राई रहेका छन् ।
प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा गएको टोलीले उनीहरुलाई चुलाचुलीबाटै पक्राउ गरेको हो ।प्रहरीले घट्‍ना स्थलमा मृतकलाई आक्रमण गर्न प्रयोग भएको दाप सहितको खुकुरी, मृतकले घटनास्थलसम्म आउन प्रयोग गरेको को १९ प ३७२५ नम्बरको मोटरसाईकल, ढुङ्गाहरु र रगत लागेका रातो पदार्थहरु समेतत बरामद गरेको छ ।
बुधबार साँझ ५ बजे झापाको दमक नगरपालिका ३ बेल्डाँगीस्थित भुटानी सरणार्थी शिबिर क्याम्पमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङलाई दमक र चुलाचुलीको सिमाना रतुवा खोलाको पुलमा १०र१२ जनाको समूहले खुकुरी र ढुङगा प्रहार गरी हत्या गरेका थिए ।
समूहको आक्रमणबाट खुट्टाको छिपारी, घुँडा र दाहिने कुममा खुकुरी प्रहार गरी गम्भीर घाईते भएका गुरुङको झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा साँझ नै मृत्यू भएको प्रहरीले जनाएको छ । त्यसअघि झापाको दमकस्थित लाईफलाईन अस्पतालमा सामान्य उपचार गरी विएण्डसी लगिएको थियो ।
मृतक गुरुङ भर्खरै मात्र जेलबाट छुटेर आएका थिए । कुन मुद्धामा कति जेल सजाय भोगेरक आएको भन्ने खुल्न बाँकी रहेको प्रहरी उपरिक्षक घिमिरेले बताए ।गुरुङले चुलाचुली ४ का स्थानीयलाई अत्यन्तै दुस्ख दिदैं आएका एलबीको हत्या भएपछि गाउँलेहरुले खुसीयाली मनाएको स्थानीयले बताएका छन् ।
घट्‍ना हुनुभन्दा ३ दिन अगाडी मृतक एलबि भनिने लालबहादुर गुरुङले घट्‍नामा संलग्न टिका भनिने नरेन्द्र तुम्रोकका आफ्नै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपीहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएका थिए ।सोही योजना बमोजिम मृतकको बस्ने वतनमानै बसोबास गर्ने चोर दावा भन्ने दावा तामाङसँग पहिला देखिनै रिसिबि रही मृतकले निजलाई खोजी गरी रहेकोमा उक्त दावा तामाङलाई हामीहरुले पक्राउ गरेका छौं आउनु भनि आरोपिहरुले मृतकको श्रीमतीको मोवाईलमा सम्पर्क गरी घट्ना स्थलमा बोलाएका दिए । त्यसपछि त्यही आक्रमण गरेका थिए ।

TOP