जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

पर्यटन दिवसको अवसरमा सूर्योदयमा फोटो प्रतियोगिता हुँने

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
पर्यटन दिवसको अवसरमा सूर्योदयमा फोटो प्रतियोगिता हुँने

फिक्कल: विश्व पर्यटन दिवसको अवसर पारेर इलामको सूर्योदय नगरपालिकाले फोटो प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको हो ।

सूर्योदय नगरपालिकाले आज पत्रकार भेटघाटको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यहको पहिचानको उद्धेश्य राखेर प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका इन्जिनियर सृजन गदालले जानकारी दिनु भयो।

प्रतियोगिताको बिजेताले १५ हजार, दोश्रो हुनेले १० र तृतिय हुनेले ५ हजार रुपैया प्राप्त गर्नेछन् । सूर्योदय नगरपालिकाको पर्यटन प्रर्वद्धनमा योगदान गर्न सक्ने फोटो माग गरिएको छ । सहभागीहरुले बढीमा ५ वटासम्म फोटो पठाउन सक्नेछन् । फोटोसंगै कम्तीमा ५० शब्दको विवरण समेत हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ड्रोनबाट खिचेको तस्बिरलाई प्रतियोगितामा सहभागी नगराउने जनाएको छ । असोज ९ गते राती १२ बजेसम्म फोटो पठाउने मिति तोकिएको छ । नगरले फर्म भरेर फोटो पठाउन आहवान समेत गरेको छ । फोटो सूर्योदय नगर भित्रको २०७९ साल भित्र खिचेको हुँनु पर्ने नगरका सूचना प्रविधि अधिकृत उज्वल सुवेदीले जानकारी दिनु भयो ।

TOP