प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

फिक्कल बजार अनुगमन,अखाद्य र म्याद गुज्रिएका सामग्री बरामद

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
फिक्कल बजार अनुगमन,अखाद्य र म्याद गुज्रिएका सामग्री बरामद

चाडबाड नजिकएका बेला उद्योग विकास शाखा सूर्योदय नगरपालिकाको नेतृत्वमा फिक्कल बजार अनुगमन गरिएको छ ।बजार क्षेत्रमा रहेका किराना पसल,औषधी पसल,पाउरोटी उधोग र मिठाई पसल सहितको अनुगमन गरिएको हो ।
उद्योग विकास शाखा सूर्योदयका अधिकृत मदन गुरुङको संयोजकत्वमा , नगर प्रमुख रण बा रार्ई ,प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई ,गुणस्तर तथा नापतौल कार्यालय बिराठनगरका अमित कुमार कर्ण, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यक्रम झापाका पंकज पोखरेल ,पशुपतिनगर सिमा प्रशासन अधिकृत होमनाथ पोखरल, सूर्योदय उधोग बाणिज्य संघका महासचिव तोयानाथ भट्टराई ,नगर प्रबक्ता ख्याम भुजेल,फिक्कल प्रहरी चौकी प्रमुख जलन्दर बराल लगायतको टोलीले व्यवसायीलाई सचेत गराएको छ ।
अनुगमनका क्रममा कतिपयको व्यवसाय दर्ता समेत फेल भएको सरसफाईमा ध्यान नदिएको पाइएको छ । बजारका पसलमा मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत पाईएको थियो । अनुगमन टोलीले म्याद नाघेका केही खाद्य सामान बरामद समेत गरेको उद्योग विकास शाखा सूर्योदयका अधिकृत मदन गुरुङले जानकारी दिनुभयो ।अनुगमनमा धेरै जसो खाध्यान्नमा लेवल नराखी बिक्री गरेको पाइएको छ ।अनुगमन हुदै गर्दा धेरै खाध्पान्न पसलहरु दिउसै बन्द समेत गरिएको पाईयो ।

नेपालको संविधानले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकार छ गुणस्तरहीन वस्तु तथा सेवाबाट क्षति पुगेको खण्डमा कुनै पनि उपभोक्ताले कानुनबमोजिम क्षतीपूर्ती पाउने संवैधानिक हक राख्नपाउने छन । बजार अनुगमन प्रभावकारी नहुँदा व्यापारीले पैसाको लागि र आफ्नोमा भएको सामान बिक्री गरीसक्नेलाई जस्तोसुकै खाद्य सामान बेच्ने गरेको पाईएको छ । बरामद गरिएको अखाद्य बस्तु सूर्योदय नगरपालिकालाई नष्ट गर्नका लागि जिम्मा लगाइएकोछ ।

TOP