खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

इलामको सन्दकपुरमा सामुदायिक भवनको उद्धघाटन

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
इलामको सन्दकपुरमा सामुदायिक भवनको उद्धघाटन

इलाम: इलामको सन्दकपुर गाउँपालिकामा निर्मित सामुदायिक भवनको उद्धघाटन गरिएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश १ अन्र्तगतको शहरी विकास तथा भवन कार्यालय इलाम मातहत निर्माण भएको भवनको संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा लिम्बुले उद्धघाटन गरिन् ।

२ करोड २३ लाख ६२ हजार ४४६ रुपैयाको लागतमा वडा नं ३ को देउरालीमा निर्माण भएको भवनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । २०७६ असार ३० गते सम्झौता भई काम सुरु भएको सामुदायिक भवन सेवालुङ÷किरात जेभीले निर्धारित समयमा सम्पन्न गरेको हो । भवन उद्धघाटन गर्दै पर्यटनमन्त्री लङ्वाले निर्माणाधिन भवन ५ तलासम्म थप्न सक्ने डिजाइन भएकाले आगामी बर्ष थप संरचना बनाइने बताइन् ।

उनले सन्दकपुर क्षेत्रको पर्यटकीय गन्तव्यको विकास गर्न सवै पक्ष एकजुट हुनुपर्ने बताइन् । ‘ सन्दकपुर क्षेत्रमा बाहिरबाट आउने पर्यटकलाई सेवा सुविधा दिएर, उनीहरुलाई भ्रमणको वातावरण तयार गरेर पर्यटन शुल्क लिन सकिन्छ । पर्यटनबाट समग्र विकासलाई जोड दिएर आन्तरिक आयमा वृद्धि गर्ने भनेर प्रदेश सरकारले अघि बढाएको छ ।’ लङ्वाले सन्दकपुर क्षेत्रमा विकासका लागि आवश्यक बजेट प्रदेश सरकारले व्यवस्थापन गरेकाले भुक्तानीका लागि समस्या नहुने बताइन् । उनले खानेपानी, पर्यटन र अन्य पुर्वाधारको क्षेत्रमा विगतबाट विशेष जोड दिँदै आएको बताइन् ।

कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले गुणस्तरिय काम नगर्ने र योजनालाई ढिलासुस्ती गरेर अलपत्र पार्ने ठेकेदारलाई प्रवेश निषेध रहेको बताए । उनले प्रकृतिले अथाह सम्भावना दिएपनि व्यवस्थापन गर्न सक्दा सोचे अनुरुप सन्दकपुर क्षेत्रका पर्यटकीय गन्तव्यबाट लाभ लिन नसकेको बताए । उनले अघिल्ला सरकारले बनाएको गुरुयोजनालाई अध्ययन गरेर त्यसलाई परिस्कृत गदैै अघि बढ्ने बताए ।

गाउँपालिकाको कार्यालय संचालन गर्ने उद्धेश्यले निर्माण गरिएको भवनमा आवश्यक शाखाहरु संचालन गर्ने तयारी भएको छ । पालिकामा अन्य शाखाहरु स्थापनाका लागि कोठा अभाव भएकाले शाखाहरु व्यवस्थापन गरि जनतालाई सहज सुविधा दिने गाउँपालिकाले लक्ष्य राखेको छ ।गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले विकासको सम्भाव्यता भएको सन्दकपुर क्षेत्रको प्रगती ५ बर्षपछि मात्र देखिने बताए ।उनले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर रहेकाले विकासका हरेक कार्य गर्न सहज रहेको बताए ।
उनले कृषि, शिक्षा, स्वास्थ्य, पुर्वाधारलाई प्राथमिकतामा राख्दै समृद्ध पालिका बनाउने कार्यमा सवैसंग सहकार्यमा अघि बढेको बताए । कार्यक्रमको संचालन प्रशासकिय अधिकृत धन नारायण श्रेष्ठले गरेका थिए ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेश राई, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

TOP