जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

फिक्कलमा शल्यक्रिया सहितको ३ दिने आँखा शिविर शुरु

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
फिक्कलमा शल्यक्रिया सहितको ३ दिने आँखा शिविर शुरु

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा शल्यक्रिया सहितको तीन दिने आँखा शिविर शुरु भएको छ ।सूर्योदय नगरपालिका र नेत्रज्योती संघ जिल्ला शाखा इलामको संयुक्त आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया सहितको आँखा आँखा शिविर शुरु भएको हो ।
यस भाद्र ३ गते देखि १६ गते सम्म सूर्योदयका सम्पूर्ण वडामा मोतिया बिन्दुको छनौट तथा आँखा उपचार सेवा सहितको शिविर सञ्चालन भएको थियो ।वडा स्तरको शिविरमा जम्मा १हजार ४ सय ४५ जनाले सेवा लिएकोमा जम्मा १ सय ७२ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । ३५ जनामा शल्यक्रिया गर्नु पर्ने प्रकृतिको विभिन्न समस्या देखिएकोले जम्मा २ सय ७ जनालाई शल्यक्रियाको लागि फिक्कल शल्यक्रिया शिविरमा सहभागी गराईको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले जानकारी दिनु भयो ।
शिविरको पहिलो दिन जम्मा ५६ जनाको शल्यक्रिया गरिएकोमा मोतियाविन्दु भएका ४७ जना र अन्य माईनर सर्जरी ८ जनाको गरियो भने ७३ जना महिला सहित जम्मा १ सय ३५ जनालाई निःशुल्क आँखा जाँच (ओ.पि.डी) सेवा उपलब्ध गराईएको छ ।
शिविरमा चस्मा तथा औषधी वितरण समेत गरिएको छ ।शल्यक्रिया सेवाको लागि बिराटनगर आँखा अस्पतालका सिनियर सर्जन डाक्टर प्रज्ञा लुईटेलको टिमले सेवा दिईरहेकोछ । शिविरको औपचारिक उद्घाटन कार्यक्रम नेत्रज्योतीसँघ इलामका सभापती इन्द्र फुयालको अध्यक्षता र नगर प्रमुख रण बहादुर राईको प्रमुख आतित्यथामा शुरु भएको थियो । शिविरको उद्घाटनमा सूर्योदय नगरपालिकाका सामाजिक विकास समिति सयोजक डिक बहादुर बम्जन, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराइ, नेत्र ज्योती संघका पदाधिकारी, नगर स्वास्थ्य क्षेत्रका प्रमुख सहभागी बन्नु भएको थियो । शिविरमा भोलि र पर्सी पनि सबै किसिमका सेवा उपलब्ध गराइने छ ।

TOP