प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

बार एसोसिएसन इलामको अध्यक्षमा पौडेल निर्वाचित

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
बार एसोसिएसन इलामको अध्यक्षमा पौडेल निर्वाचित

इलाम: उच्च अदालत बार एसोसिएसन इलामको अध्यक्षमा उत्तम पौडेल निर्वाचित भएका छन् ।शुक्रबा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रतिष्पर्धी उम्मेद्वारलाई कृष्ण श्रेष्ठलाई २४ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेलले ३४ मत पाउँदा प्रतिष्पर्दी श्रेष्ठले १० मत मात्र पाएका थिए ।

उपाध्यक्षमा विद्या सापकोटाले ३२ प्राप्त गर्दै विजयी भइन् । प्रतिष्पर्दी भिम रिजालले १२ मत ल्याएका थिए ।सचिवमा लोकबहादुर तामाङ, कोषाध्यक्षमा प्रदिप अधिकारी निर्वाचित भएका छन् । सदस्यहरुमा जसबहादुर लुंगेली, सुधिर बोहोरा, अशेष मगर, तीर्थराज खतिवडा र जीवन कोइराला निर्वाचित भएका छन् ।

केन्द्रिय पार्षदमा हिरन्य प्रसाद अधिकारी ४० मत, मणीराम निरौला ३३ मत र भाष्कर पोखरेलले ३२ मत सहित विजयी भएका छन् । तारानिधी घिमिरेले ११ मत मात्र पाएका छन् ।अध्यक्ष सहित उपाध्यक्ष र केन्द्रीय पार्सद गरि तीन पदमा मात्र चुनाव भएको थियो । अन्य पदमा सर्वसहमत नेतृत्व चयन भएको हो ।

यस पटकको नेतृत्व चयनका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन ९पिपिएलए० र डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए० ले गठबन्धन गरेका थिए । श्रेष्ठ भने गणतान्त्रिक प्रगतीशिल कानुन व्यवसायी एसोसिएसन आरपिएलएबाट अध्यक्षमा मनोनयन दर्ता गराएका थिए ।
आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । निर्वाचनमा ६३ जना मतदाता थिए ।

TOP