इलामको सूर्योदयमा ५० करोडको लगानीमा सडक कालोपत्रे र बसपार्क निर्माण गरिने – Hamropalika
जीवनशैली कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारणसभा सम्पन्न अर्थ वाणिज्य सूर्योदयमा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक समीक्षा सम्पन्न, ८८ प्रतिशत बितीय प्रगति अर्थ वाणिज्य चिया निर्यातको बिकल्प खोज्दै सूर्योदयका ब्यवसायी पालिका विशेष शिक्षासेवी गौरीलामाको शालिक अनावरण अर्थ वाणिज्य इलामको सुकिलुम्बा विमानस्थलबाट पुनः हवाई उडान हुने Photo Gallery तिजको लहर आयो बरी लै………. अर्थ वाणिज्य सूर्योदयको बाल बचत खातामा डेढ बर्षमै ८८ लाख बढी रकम जम्मा अर्थ वाणिज्य इलाम र पाँचथरमा १ अर्व ७० करोड बढी लागतमा ९६ वटा कुलो निर्माण अर्थ वाणिज्य माईजोगमाइमा अपाङ्गता भएका ब्यक्तिलाई घर–घरमै सामग्री बितरण पालिका विशेष इलामको माईजोगमाई ६ प्याङ्गमा डा.गोविन्द केसीद्वारा ३८५ जनाको उपचार
Hamropalika menu advertisement

इलामको सूर्योदयमा ५० करोडको लगानीमा सडक कालोपत्रे र बसपार्क निर्माण गरिने

  • प्रकाशित मितिः September 13, 2024
  • hamro_palika

प्रेम अधिकारी: इलामको सूर्योदय नगरपालिकामा एकै दिन पाँचवटा सडक र एउटा बसपार्कको एकै दिन शिलान्यास गरिएको छ । एकीकृत सहरी बिकास कार्यक्रम अन्र्तगत सघन सहरी तथा भवन निर्माण आयोजनाको ५० करोड लगानीमा निर्माण हुँने सडक र बसपार्कको पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सहरी बिकास मन्त्री मेटमणी चौधरीले एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो । बढ्दो सहरीकरणलाई मध्यनजर गरी सूर्योदय नगरपालिकाका बिभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।
आयोजना अन्र्तगत पशुपतिनगरमा ६ रोपनी जमिनमा ३ करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुँने छ । बहुबर्से आयोजनाका रुपमा संचालन गरिएका सडक अन्र्तगत अन्तुदेखि मानेडाँडा , कन्याम देखि ग्याबाचोक ,छिरुवा छब्बीसे , मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोड अन्र्तगत छिपिटार शान्तिगोलाई गरी जम्मा २१ किलोमिटर सडक कालोपत्रे गरीने सघन सहरी तथा भवन निर्माण बिभागका उप महानिर्देशक नारायण भण्डारीले जानकारी दिनु भयो । उहाका अनुासर सडक र बसपार्कको बोलपत्र आवहान भैसकेको छ । उप महा निर्देशक भण्डारीले चाडै सम्झौता भई काम शुरु हुने बताउनु भयो । भण्डारीले कार्यालयले देशका ५० नगरपालिकामा ५० र २० करोडका दरका कार्यक्रम संचालन गरिने जानकारी दिनु भयो ।
नगर भित्र यी सहित १० वटा योजना बिभागबाट संचालन हुँने सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । उहाका अनुसार अन्तु पोखरी, जोरपोखरी र कन्यामको ब्युटिफिकेशन समेत आयोजना अन्र्तगत गरिने छ ।
शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री खनालले अवको केहि बर्षमा सहरीकरण बढ्ने भएकाले बेलैमा त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो । उहाले शहरीकृत भएता पनि धेरै पूर्वाधार निर्माण गर्न वाँकी रहेको बताउनु भयो ।
कार्यक्रममा शहरी बिकास मन्त्री मेटमणी चौधरीले एउटा सहर बन्न आवश्यक पर्ने सबै पूर्वधार गर्ने गरी आयोजनाले काम गर्ने जानकारी दिनु भयो । उहाले देशका बिभिन्न स्थानलाई सहरीकरण गर्ने गरी मन्त्रालयले काम गरीरहेको जानकारी दिनु भयो । नगर प्रमुख राईले आयोजनाका काम समयमै सम्पन्न गर्ने गरी नगरले काम थाल्ने जानकारी दिनु भयो ।

TOP