Hamropalika menu advertisement

गठबन्धनका उम्मेदवारको टुंगो एक सातामा लाग्छ : पूर्व प्रधानमन्त्री खनाल

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
गठबन्धनका उम्मेदवारको टुंगो एक सातामा लाग्छ : पूर्व प्रधानमन्त्री खनाल

फिक्कल: पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अवको एक साता भित्रमा पाँच दलिय गठबन्धना उम्मेदवारको टुंगो लाग्ने बताउनु भएको छ ।
इलामको सूर्योदय नगरपालिकामा बिभिन्न योजनाको शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री खनालले आसन्न संघ र प्रदेशको निर्वाचनका लागि पाँच दलिय गठबन्धनका लागि दलहरु बिच सहमती भैसकेकाले एक साता भित्रमा उम्मेदवारको टुंगो लाग्ने बताउनु भएको हो ।
खनालले गठबन्धनको ७० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी दिदै दलका शिर्ष नेता बिच बैठक बसेर अन्तिम निष्कर्षमा पु¥याईने जानकारी दिनु भयो । नेता खनालले भन्नु भयो‘दलहरु बिचमा सहमती भैसकेको छ, अव सिट बाडफाडको निर्णय भैसक्दा गठबन्धनको टुंगो लाग्छ ।’
नेता खनालले देशलाई निकास दिनका लागि गणतान्त्रीका शक्तिहरु बिच तालमेलको आवश्यक्ता रहेको बताउनु भयो । ‘एकतिर गणतान्त्रिक शक्तिहरुको तालमेल हुन्छ भने अर्को तर्फ राजावादीहरुको तालमेल हुन्छ’नेता खनालले भन्नु भयो । नेता खनालले देशलाई निकास दिनका लागि बिगतमा बाम एकता गरे पनि केपी शर्मा ओली नेतृत्व सरकारले देशलाई तहसनहस पारेको आरोप लगाउनु भयो । ‘समृद्धिको उकालो यात्रा सम्झीएका थियौ तर, त्यो यात्रा केपी जीले ओरोलो बाटोमा हिडाउनु भयो’नेता खनालले भन्नु भयो ।
नेता खनालले बन्द सूचीको काम सकीए पछि तालमेलको निर्णय गर्ने जानकारी समेत दिनु भयो । उहाले बर्तमान सरकारले जनहितमा काम गरीरहेको बताउदै गठबन्धका देशभरका उम्मेद्धवारलाई बिजयी गराउनु आग्रह समेत गर्नु भयो ।

TOP