इलामको सूर्योदय ‘बालमैत्री नगरपालिका’ घोषणा – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

इलामको सूर्योदय ‘बालमैत्री नगरपालिका’ घोषणा

  • प्रकाशित मितिः May 31, 2023
  • hamro_palika

प्रेम अधिकारी: इलामको सूर्योदय नगरपालिका बाल मैत्री नगरपालिका घोषणा भएको छ । ५४ वटा सूचक पुरा गरी प्रदेश १ सरकारले बालमैत्री नगरका लागि अनुमति प्रदान गरेपछि बुधबार एक कार्यक्रमका बिच बालमैत्री नगर घोषणा गरिएको हो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रदेश १ सरकार मुख्यमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सूर्योदय नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नु भयो ।नगरका १४ वटै वडालाई बालमैत्री स्थानीय शासन युक्त तथां बालश्रम मुक्त वडा घोषणा गरिए संगै बालमैत्री नगर घाषणाका लागि नगरले प्रदेश सरकार समक्षा अनुमती मागेको थियो ।
५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर नगरलाई प्रदेश १ को तेसा्रे तथा देशकै १० औं बालमैत्री नगर घोषणा गरिएको छ । यस अघि प्रदेश १ सरकारले झापाको भद्रपुर नगरपालिका पहिलो र सुनसरीको रामधुनी नगरपालिका दोस्रो बालमैत्री नगर घोषणा गरेको थियो ।
बालमैत्री नगर घोषणा कार्यक्रममा बोलदै पूर्व प्रधानमन्त्री खनालले बालमैत्री नगर घोषणा बालवालिकाका लागि महत्वपूर्ण खुड्किलो भएको बताउनु भयो । उहाले सांस्कृतिक रुपमा अगाडी बढ्नका लागि बालबालिकाको महत्वपूर्ण भूमीका रहेको बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले भन्नु भयो‘बालवालिकालाई पीट्नु हुन्न यसले भविश्य सम्म नकारात्मक असर पर्न सक्छ ।’खनालले देश समाजवादको यात्रामा अगाडी बढी सकेको बताउदै बालवालिकामा समेत समाजवादी चिन्तनको आवश्यक रहेको बताउनु भयो ।
२०७७ चैत्र सात गते प्रतिवद्धता पत्रमा हस्ताक्षर गरी नगरले बालमैत्री नगरको अभियान थालेको थियो । जसमा संघीय र प्रदेश सरकारका ५१ सूचक र नगरका ३ सूचक गरी ५४ वटा सूचकमा मापदण्ड अनुसारको अंक पाएपछि नगरलाई बालमैत्री घोषणा गर्न प्रदेश १ को मुख्यमन्त्री कार्यालय र सामाजिक बिकास मन्त्रालयले स्र्वीकृत दिएको थियो ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बिकास सडक बिस्तारले मात्रै नहुँने भएकाले बालबालिकाको क्षेत्रमा पर्याप्त बजेट नगरले बिनियोजन गरेको जानकारी दिनु भयो । उहाले नगरमा बालबालिकाका सवालमा कुनै बिभेद नरहेको जानकारी दिदै सबै निकायले बालमैत्री नगरका सूचकका आधारमा काम गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद प्रदेश १ का बालकल्याण अधिकृत सुमन अधिकारीले बालमैत्री नगर घोषणा गर्न निक्कै चुनौती भए पनि सूर्योदयले अंक पुरा गरी बालमैत्री नगर घोषणा गराउन सक्नु एउटा नयाँ शन्देश भएको बताउनु भयो । यस अघि प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरेको थियो ।
नगरले प्रत्येक बालबालिका शतप्रतिशत बिद्यालय भर्ना गराउने , बालबालिका मैत्री बिद्यालय र कक्षाकोठा निर्माण ,नगरपालिकामा स्तनपान कक्ष,बालक्लब र बालसंजाल गठान गरी गतिविधि अगाडी बढाएको थियो । होटलमा बालश्रम अत्न्य गर्ने सहितका प्रतिबद्ध पत्रमा होटल संचालकलाई हस्ताक्षर गराई होटलमा स्टीकर समेत टास गरिएको छ । नगरले प्रविधिमैत्री शिक्षामा समेत जोड दिदै आएको छ । कार्यक्रममा बिभिन्न जातजातीको झाकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।

TOP