जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

सहारा नेपाल द्वारा मृतकका परिवारलाई बिमा बापतको ६ लाख रुपैयाँ हस्तान्तरण

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
सहारा नेपाल द्वारा मृतकका परिवारलाई बिमा बापतको ६ लाख रुपैयाँ हस्तान्तरण

फिक्कल: साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शाखा कार्यालय फिक्कल सेवा केन्द्रले मृतक परिवारका सदस्यलाई ६ लाख रुपैयाँ बीमा रकम प्रदान गरेको छ । सुम्निमा सहारा महिला समुहले समुहका रोङ ३ का सदस्य जिना बस्नेतलाई श्रीमानको मृत्यु बापतको रकम प्रदान गरेको हो ।
बुधबार एक कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शाखा फिक्कल शाखा प्रमुख कल्पना ढुंगानाले सस्थाका सदस्य रुद्र बहादुर बस्नेतको निधन भएपछि उहाकी श्रीमती जिना बस्नेतलाई क्षतीपुर्ती बापतको ६ लाख रुपैयाँको नगद चेक हस्तान्तरण गरेको जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिका वडा नं १० का वडा सदस्य पदम बहादुर राई र स्थानीय समाजसेवी राम बहादुर भुजेलले संयुक्त रुपमा मृतककी श्रीमती बस्नेतलाई चेक हस्तान्तरण गर्नु भएको थियो ।
शाखा प्रमुख ढुंगानाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत सहकारीको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यु भएमा क्षतीपुर्ती बापतको रकम दिने व्यवस्था गरिएको छ ।
हाल फिक्कल सेवा केन्द्रमा १ सय ५० समूह छन् भने करिब २१ सय सदस्य रहेका छन। संस्थाले बिपतमा परेका सदस्यलाई बिगत देखि नै सहयोग गर्दै आएको छ ।

TOP