जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सहारा नेपाल द्वारा मृतकका परिवारलाई बिमा बापतको ६ लाख रुपैयाँ हस्तान्तरण

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
सहारा नेपाल द्वारा मृतकका परिवारलाई बिमा बापतको ६ लाख रुपैयाँ हस्तान्तरण

फिक्कल: साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शाखा कार्यालय फिक्कल सेवा केन्द्रले मृतक परिवारका सदस्यलाई ६ लाख रुपैयाँ बीमा रकम प्रदान गरेको छ । सुम्निमा सहारा महिला समुहले समुहका रोङ ३ का सदस्य जिना बस्नेतलाई श्रीमानको मृत्यु बापतको रकम प्रदान गरेको हो ।
बुधबार एक कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शाखा फिक्कल शाखा प्रमुख कल्पना ढुंगानाले सस्थाका सदस्य रुद्र बहादुर बस्नेतको निधन भएपछि उहाकी श्रीमती जिना बस्नेतलाई क्षतीपुर्ती बापतको ६ लाख रुपैयाँको नगद चेक हस्तान्तरण गरेको जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिका वडा नं १० का वडा सदस्य पदम बहादुर राई र स्थानीय समाजसेवी राम बहादुर भुजेलले संयुक्त रुपमा मृतककी श्रीमती बस्नेतलाई चेक हस्तान्तरण गर्नु भएको थियो ।
शाखा प्रमुख ढुंगानाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत सहकारीको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यु भएमा क्षतीपुर्ती बापतको रकम दिने व्यवस्था गरिएको छ ।
हाल फिक्कल सेवा केन्द्रमा १ सय ५० समूह छन् भने करिब २१ सय सदस्य रहेका छन। संस्थाले बिपतमा परेका सदस्यलाई बिगत देखि नै सहयोग गर्दै आएको छ ।

TOP