जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाममा पार्किङ गरेको सवारीबाट तेल चोरी गर्ने २ जना पक्राउ

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलाममा पार्किङ गरेको सवारीबाट तेल चोरी गर्ने २ जना पक्राउ

फिक्कल: जिल्ला प्रहरी कार्यालय इलामले पार्किङ गरी राखेको सवारी साधनवाट डिजेल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ९ का २८ बर्षिय डम्बर बहादुर तामाङ र सोही स्थान बस्ने २३ बर्षिय मान बहादुर मोक्तान रहेका छन् ।
तामाङ र मोक्तानले इलाम नगरपालिका वडा नं. ९ मा पार्किङ गरी राखेको प्र १–०१–००१ क ८८४ नम्बरको टिप्परको ट्यांकीबाट ५० लिटर डिजल चोरी गरेका हुन् । विगतमा पनि उक्त स्थानमा पार्किङ गरी राखेका सवारी साधनवाट तेल चोरी हुने गरेको गुनासो आईरहे पछि प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दा घरमा डिजल लुकाई राखेको फेला पारेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिनु भयो ।

TOP