जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

इलाममा पार्किङ गरेको सवारीबाट तेल चोरी गर्ने २ जना पक्राउ

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
इलाममा पार्किङ गरेको सवारीबाट तेल चोरी गर्ने २ जना पक्राउ

फिक्कल: जिल्ला प्रहरी कार्यालय इलामले पार्किङ गरी राखेको सवारी साधनवाट डिजेल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ९ का २८ बर्षिय डम्बर बहादुर तामाङ र सोही स्थान बस्ने २३ बर्षिय मान बहादुर मोक्तान रहेका छन् ।
तामाङ र मोक्तानले इलाम नगरपालिका वडा नं. ९ मा पार्किङ गरी राखेको प्र १–०१–००१ क ८८४ नम्बरको टिप्परको ट्यांकीबाट ५० लिटर डिजल चोरी गरेका हुन् । विगतमा पनि उक्त स्थानमा पार्किङ गरी राखेका सवारी साधनवाट तेल चोरी हुने गरेको गुनासो आईरहे पछि प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दा घरमा डिजल लुकाई राखेको फेला पारेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिनु भयो ।

TOP