जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको सूर्योदय नगरपालिका प्रदेश १ को तेस्रो ‘बालमैत्री नगर’ घोषणा हुँदै

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदय नगरपालिका प्रदेश १ को तेस्रो ‘बालमैत्री नगर’ घोषणा हुँदै

प्रेम अधिकारी,फिक्कल:

इलामको सूर्योदय नगरपालिका बाल मैत्री नगरपालिका घोषणाको अन्तिम चरणमा पुगेको छ । नगरका १४ वटै वडालाई बालमैत्री स्थानीय शासन युक्त तथां बालश्रम मुक्त वडा घोषणा गरिए संगै बालमैत्री नगर घाषणाको तयारी थालिएको हो ।
आगामी भदौ २९ गते बाल दिवसको अवसर पारेर नगरलाई भब्य कार्यक्रमका बिच वालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेको सूर्योदय नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनु भयो ।
नगरपालिका , जिल्ला समन्वय समिति , प्रदेश १ सरकारका प्रतिनिधि सहित सरोकारवालाको रोहवरमा सबै वडालाई बालमैत्री घोषणा गरि सकिएको छ । शाखा प्रमुख शेर्पाले लामो समयको प्रयाशबाट बालबालिकाका लागि हक अधिकार सुनिश्चित हुने गरि कानुन बनाईएको र आगामी २९ गतेबाट सूर्योदय नगरपष्लिक जिल्लामै पहिलो बालमैत्री नगरपालिका घोषणा हुन लागेको जानकारी दिनु भयो ।
बालमैत्री नगर घोषणाको पूर्व सन्ध्यामा शाखाले सरोकारवाला बिच छलफल गरी कार्यक्रम भब्य बनाउने तयारी थालेको छ । २९ गते फिक्कल माध्यमिक बिद्यालयमा गरिने घोषणा सभामा १४ वटै वडाले झाकी प्रर्दशन गर्ने , २८ गते बजार सरसफाई गर्ने कार्यक्रम रहेको छ । २९ गते फिक्कल बजारका घरहरुमा घडा राखेर स्वागत गर्न नगरले आग्रह गरेको छ ।
छलफलमा राष्ट्रिय बालअधिकार परिषद प्रदेश १ का बालकल्याण अधिकृत सुमन अधिकारीले झापाको भद्रपुर नगरपालिका पहिलो, सुनसरीको रामधुनी नगरपालिका दोस्रो बालमैत्री नगर यस अघि घोषणा भएकोमा चालु आर्थिक बर्षमा देशमै एउटा मात्र सूर्योदय प्रदेश १ को तेस्रो तथा देशकै १० औं बालमैत्री नगर घोषणा हुँन लागेको जानकारी दिनु भयो ।

बालमैत्री नगर घोषणा गर्नका लागि आवश्यक पर्ने प्रदेश १ सरकारका ५१ सूचक र स्थानीय नगरले थप गरेका ३ गरी ५४ सूचक रहेका छन । यी सूचक पुरा भए पछि प्रदेश सरकारले बालमैत्री नगर घोषणा गर्ने गरेको छ । बालमैत्री नगर घोषणा गर्ने तयारी भैरहदा नगरपालिकामा स्तनपान कक्षा समेत स्थापना गरिएको छ । बालमैत्री नगर घोषणा गर्नु अघि प्रदेश १ सरकारका प्रतिनिधिले नगरको अनुगमन गरेका छन् ।
नगरले बालबालिकालाई बिद्यालय अनिवार्य पठाउने, बालक्लब गठन गर्ने काम पहिले नै गरेको थियो । होटलमा बालश्रम अत्न्य गर्ने सहितका प्रतिबद्ध पत्रमा होटल संचालकलाई हस्ताक्षर गराई होटलमा स्टीकर समेत टास गरिएको छ ।

TOP