करणीको अभियोगमा इलामका २ जना पक्राउ – Hamropalika
जीवनशैली माईजोगमाईमा दुर्त प्रतिकार्य कार्यशाला सम्पन्न जीवनशैली फिक्कल अस्पतालमा अत्यधुनिक मेसीन जडान,१५ मिनेटमै ल्याब रिर्पोट जीवनशैली जनसरोकारका बिषयमा रोङका जनप्रतिनिधिको सक्रियता अर्थ वाणिज्य सूर्योदयमा चालु आर्थिक वर्षमा ८८.३८ प्रतिशत खर्च जीवनशैली अन्तु स्वास्थ्य चौकी इलाम जिल्लाकै उत्कृष्ठ कला / मनोरञ्जन सोनु, अर्जुन र अनिस बने रोङ गट ट्यालेन्ट अर्थ वाणिज्य माईजोगमाइमा युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कला / मनोरञ्जन रोङ गट ट्यालेन्टको फाइनलका लागि १५ जना छानीए जीवनशैली इलामको रोङमा नसर्ने रोगको खोजी अभियान अर्थ वाणिज्य सूर्योदयमा कृषि एम्बुलेन्स
Hamropalika menu advertisement

करणीको अभियोगमा इलामका २ जना पक्राउ

  • प्रकाशित मितिः July 18, 2024
  • hamro_palika

फिक्कल: जवरजस्ती करणी गरेको आरोपमा इलाममा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाम माई नगरपालिका एक बस्ने २० वर्षका बिकास लिम्बु र सोही स्थान बस्ने १९ बर्षका मौसम भन्ने राजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
निज दुवैले १४ बर्षिय र १३ बर्षिय नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तेजबहादुर दाहालले जानकारी दिनु भयो । उहाका अनुसार जिल्ला प्रहरी कार्यालय इलामको टोलीले दुवैजनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुबैलाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको छ । उनीहरुलाई पीडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ । नाबालिकालाई करणीको आरोप लागेका दुबैजनाले ललाईफकाई जवरजस्ती गरेको आरोप लागेको छ ।

TOP