पालिका विशेष न्यूनतम सेवा मापदण्डमा अन्तु स्वास्थ्य चौकी जिल्ला भरमा पहिलो पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार
Hamropalika menu advertisement

मादक पदार्थ सेवन गरी सवारी चलाउने इलामका ७ जना चालक प्रहरी नियन्त्रणमा

  • प्रकाशित मितिः July 11, 2025
  • हाम्रो पालिका
मादक पदार्थ सेवन गरी सवारी चलाउने इलामका ७ जना चालक प्रहरी नियन्त्रणमा

फिक्कल: इलाम जिल्लाको मेची राजमार्ग तथा आसपासका सडकमा सवारी चेकजाँच सम्बन्धी बिषेश अभियान शुरु गरिएको छ । अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी तथा प्रहरी निरीक्षक तेज बहादुर दाहालका अनुासर पक्राउ पर्नेमा इलामको संदकपुर गाँउपालिका ४ का ३२ बर्षिय राम लिम्बु, पाँचथर तुम्बेवा गाँउपालिका ५ का ४२ बर्षिय गोपिचन्द्र कुरुङबाङ , पाँचथरकै फिदिम नगरपालिका ८ बस्ने ३८ बर्षिय बम बहादुर मुखीया, इलाम नगरपालिका ५ का ३२ बर्षीय चेवन कुमार बजगाई , इलाम नगरपालिका ४ का ४३ बर्षिय सरोज कोईराल , इलामको संदकपुर गाँउपालिका ५ बस्ने २२ बर्षिय रबिन लिम्बु र सोही स्थानका ३४ बर्षिय जितेन लिम्बु रहेका छन् ।
उनीहरुलाई मादक पर्दाथ सेवन गरी सवारी चलाएर यात्रुको ज्यान जोखीममा पारेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय इलामबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्ला भर चाडबाड लक्षित सचेतना कार्यक्रम समेत शुरु गर्ने जनाएको छ । प्रहरीले जिल्ला भरका सडकमा प्रहरी खटाएर अभियान नै शुरु गरेको छ । यसै बिच जथाभावी पार्कीङ गर्ने सवारी साधनलाई ह्वील लक लगाउन थालिएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

TOP