जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

रोङ गाउँपालिकाका सेवा निबृत शिक्षक र उत्कृष्ठ बिद्यार्थीलाई सम्मान

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकाका  सेवा निबृत शिक्षक र उत्कृष्ठ बिद्यार्थीलाई सम्मान

फिक्कल: ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रोङ गाउँपालिकामा पूर्व शिक्षक र उत्कृष्ठ बिद्यार्थीलाई सम्मान गरिएको छ । गाउँपालिकामामा शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा अनिवार्य अवकाश पाएका शिक्षक र गाउँपालिका भित्रका उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीलाई सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोका अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालको बिषेश आतिथ्यतामा सम्पन्न कार्यक्रम ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरिएको थियो ।

कार्यक्रममा लामो समय शिक्षण पेशामा आवद्ध रहि अवकास प्राप्त शिक्षकहरु उमाकान्त यादव, मित्रलाल भण्डारी, देबी प्रसाद आचार्य, प्रेमराज राई, अनन्तराम ढुंगेल , अम्बिकादेबी भट्टराई, खगेन्द्र कुमार दाहाल, गंगा प्रसाद धिमाल, मेघनाथ कट्टेल, दिनानाथ पोख्रेल, इन्द्र बहादुर चौम्लागाई, रामबहादुर गुरुङ, डुकराज पौडेल र नवराज रिसाललाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान तथा बिदाई गरिएको हो ।
यस्तै उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीहरु सिमाना तामाङ, प्रज्ञा राई, श्रदा भुजेल, पूर्णीमा राईलाई सम्मान गरिएको छ । उक्त अवसरमा गाउँपालिका स्तरीय चित्रकला , निवन्ध हाजीरी जवाफ प्रतियोगितामा उत्कृष्ठ हुँनेलाई पुरस्कार बितरण गरियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष स्याङबोले समाज परिवर्तको अगुवा बिद्यार्थी भएको बताउनु भयो । उहाले शिक्षा क्षेत्रमा राज्यले ठूलो लगानी गर्दा पनि आश लाग्दो प्रतिफल आउन नसकेको बताउनु भयो । भौतीक कुरामा मात्र ध्यान पुगेको बताउदै अध्यक्ष स्याङबोले सामुदायीक बिद्यालयको अवस्था सुधार गर्न शिक्ष नै अग्रसर बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा उहाले चालु आर्थिक बर्षमा आईसीटी कार्यक्रमका लागि गाउँपालिकाले ८० लाख रकम बिनियोजन गरेको जानकारी दिनु भयो। स्याङले भन्नु भयो‘बिद्यालयमा बिकास भन्दा पनि ब्यवस्था चाहिएको छ ।’
उहाले बिद्यालय क्षेत्रमा आफनो कार्यकालमा कुनै हस्तक्षेप नहुँने पनि बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालले शिक्षा र स्वास्थ्यलाई गाउँपालिकाले प्राथमिक्तामा राखेर काम गर्ने जानकारी दिनु भयो । उहाले भन्नु भयो‘बोलीआने होईन गरीखाने जनशक्ति उत्पादनमा लाग्नु पर्छ ।’ उहाले शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले नियमित बिद्यालयको अनुगमन गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा अवकास प्राप्त शिक्षक मित्रलाल भण्डारीले आवश्यक पर्दा गाउँपालिकाले अवकाश प्राप्त शिक्षकलाई काममा लगाउन सक्ने बताउनु भयो । वडा नम्बर ३ का वडाध्यक्ष मातृका बरालले ब्यवहारिक शिक्षाले मात्र नानीहरुलाई प्रतिष्पर्धात्मक बनाउने बताउनु भयो ।

सामाजि बिास समितिका संयोजक सत्यम राईले बिद्यालय सुधारका लागि पालिकाले पहल गर्नु पर्ने बताउनु भयो ।उक्त अवसरमा बिद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख श्रुती तामाङले संचालन गर्नु भएको थियो ।

TOP