जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाम कांग्रेसले टुंग्यायो उम्मेदवार, सबै क्षेत्रमा गठबन्धनको जित निश्चित छ :सभापति खड्का

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाम कांग्रेसले टुंग्यायो उम्मेदवार, सबै क्षेत्रमा गठबन्धनको जित निश्चित छ  :सभापति खड्का

इलाम : आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला समितिले सिफारिस गरिने उम्मेदवारको नाम टुंग्याएको छ । इलाममा पत्रकार सम्मेलन गरी सिफारिस गरिने उम्मेदवारको नाम टुंग्याएको जिल्ला सभापति डम्बर खड्काले जानकारी दिनु भयो । उहाले प्रतिनिधिसभा क्षेत्र नम्ब। १ र २ दुवैमा जिल्ला सभापति डम्बर खड्काको नाम प्राथमिकतामा सिफारिस गरेको बताउनु भयो ।
क्षेत्र १ मा सभापति खड्का र भेषराज आचार्य भूपेन्द्र कट्टेल, टीकाराम लेप्चा र सुजता परियारको नाम सिफारिस भएको छ । क्षेत्र २ मा डम्बर खड्का, भेषराज आचार्य, केशव थापा, बेनुपराज प्रसाईं, नगेन्द्र कुमाल, सुजता परियार र रमेश लिङ्देनको नाम सिफारिस भएको सभापती खड्काले जानकारी दिनु भयो ।
प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा (क) मा खगेश्वरी पौडेल बन्दना, देवेन्द्र सुवेदी, उद्धव पौडेल, देवेन्द्रकुमार राई, हुकुमलाल थेबे, हरि लुइँटेल, सञ्जीव ढकाल, प्रकाश भट्टराई र मिलन क्षेत्रीको नाम सिफारीस भएको छ । क्षेत्र १ (ख) मा सम्शेर राई, विष्णुु (हेमकुमार) कार्की, भिष्म प्रधान, निस्कल राई, जीवन नेपाल, सन्तोष गुरुङ र ध्रुव राई सिफारिस भएको बताइएको छ ।
प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा (क) मा निरोज खड्गी, राजेन्द्र शर्मा, गोविन्द गिरी, पूर्ण गौतम, राजेन्द्र बाँस्तोला र प्रदिप अर्यालको नाम छ भने क्षेत्र २ को (ख) मा लक्ष्मण पाण्डे, यामकुमार बुुढाथोकी, कमल कार्की, डम्बर बहादुर लिम्बू र रामकुमार श्रेष्ठको नाम सिफारिस भएको छ ।
क्षेत्रबाट सिफारिस भएर आएको नाम जस्ताको त्यस्तै जिल्ला समितिको बैठकले प्रदेश समितिमा सिफारिस गरिएको सभापति खड्काले बताउनु भयो । सभापति खड्काले अव युवा नेता जनताले खोजेको र रुचाएको हुँदा त्यसको लागि आफूनै योग्य भन्दै दुवै क्षेत्रबाट आफ्नो नाम सिफारिस भएको र टिकट आफ्नै आउने संकेत गर्नु भयो । सभापति खडका पार्टी सभापति देउवाका बिश्वास पात्र मानिन्छन । जिल्लामा गरेको सामाजिक कामका कारण पनि उहाको चर्चा युवा माझ बढी छ ।

गठबन्धनले इलाममा सबै सिट जित्छ


नेपाली कांग्रेस जिल्ला सभापति खड्काले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सबै सिट गठबन्धनले जित्ने दावी गर्नु भएको छ । स्थानीय तहको मत परिणामकै आधारलाई हेर्दा गठबन्धनको मत अगाडी रहेको भन्दै गठबन्धनले चुनाव जित्ने दावी गर्नु भएको हो ।
अवको चुनावमा इलामका कांग्रेस सुभेच्छुकले गठबन्धनमा इमान्दार साथ भोट हाल्ने भन्दै गठबन्धनले यसपटक चुनाव जित्ने पक्का भैसकेको दावी छ । अघिल्लो निर्वाचनमा एउटै पनि नजितेको नेपाली कांग्रेस यस पटक गठबन्धनको भागबन्डामा तीन वटा अन्य दलले लगे पनि तीन ठाउँमा कांग्रेसले जितेर फाईदा लिने खडकाले बताउनु भयो ।
भागबन्डामा क्षेत्र नं. १ को प्रतिनिधी सदस्य र प्रदेस सभा सदस्यमा नेकपा (एकिकृत समाजवादी)ले पाउँने छ । त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रले पाउँने छ भन्ने बाँकी कांग्रेसको भागमा पर्ने छ ।

खनालको ठाउँमा फेरी कांग्रेस


नेपाली कांग्रेस जिल्ला सभापति डम्बर खड्काले मंसिर ४ को निर्वाचनबाट नेकपा (एकिकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनाललाई चुनाव जिताएर फेरी काँग्रेस आउने बताउनु भएको छ ।
यो चुनावमा खनाललाई जिताएर खनाललाई रास्ट्रपति बनाउने र खनालको क्षेत्रमा उपनिर्वाचन हुँदा कांग्रेसले टिकट ल्याएर फेरी चुनाव जित्ने बताउनु भएको छ । स्थानीय निर्वाचनको मतको गणना गर्दे सभापति खड्काले यसपटका गठबन्धनले दुवै क्षेत्रमा निकै मतान्तरले चुनाव जित्ने दावी गर्नु भयो । गठबन्धन कायम रहदा बिगतको मतान्तरलाई हेर्दा गठबन्धनलाई चुनाव जित्न सहज समेत छ ।

TOP