खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

इलाम अस्पतालमा टिक्दैनन डाक्टर

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
इलाम अस्पतालमा टिक्दैनन डाक्टर

इलाम: गाईनो लोजिस्ट डा. पवन जंग रायमाजि २०७५ वैशाख २६ गते इलाम अस्पतालमा आए । गाईनोको लागि राम्रो डा. का रुपमा मानिएका उनी ०७६ साल साल पौष ६ गते इलामबाट सरुवा भएर गए । उनी सरुवा भएपछि केही समय डाक्टर विहीन बन्यो इलाम अस्पताल । गाईनो कै डाक्टर प्रभुशाहा ०७६ साल कात्तिक छ गते इलाम आए । साहा अहिले सम्म इलाम अस्पतालमै छन् ।
गाईनो कै डा. रक्षा पराजुली ०७६ साल भदौ ८ गते इलाम अस्पतालमा आइन् । उनी ०७७ असोज १५ गते इलामबाट गईन । छोटो समयमा इलाममा राम्रै छाप छोडेकी पराजुली इलाम अस्पतालमा एक वर्ष मात्र टिकिन । ०७६ साल जेठ ३२ गते आएका डा. ससाङ्ख पोख्रेल आठ महिना पछि माघ २९ गते सरुवा भएर गए ।
०७६ साल कात्तिक ४ गते इलाम आएका एम डी जी पी डा. विधु सापकोटा ०७८ फागुन २७ गते सरुवा भए । ०७७ जेठ २९ गते आएका एमबिबिएस डा. अनुज पोख्रेल ०७८ भदौ २ गते इलामबाट गए । मेडिकल अफिसरको रूपमा आएका डा. वैभव मल्लिव र मेडिकल अधिकृत शीतल श्रेष्ठ ०७६ सालमा आए पनि लामो समय इलाम बस्न सकेनन् । हाल विशेषज्ञ चिकित्सकको रूपमा डा. डालिन काफ्ले, र डा. कमला कार्की कार्यरत छन् । त्यस्तै छात्र वृत्तिमा ०७८ साउन ३२ मा आएका डा. अजय खड्का, समिति मार्फत डा. सवीन चापागाईँ र कार्यक्रमबाट डा. आसुदोस पाण्डे कार्यरत रहे पनि उहाँहरू पनि कहिले हिँड्ने थाहा छैन ।
कार्यक्रमबार्टै एमबिबिएस डा. रिन्कु शाह रहेका छन् । कार्यरत डा. पनि दरबन्दी भन्दा पनि कार्यक्रमबाट आएका डाक्टर छन् । प्रदेशमार्फत सञ्चिलीत कार्यक्रमबाट आएका डाक्टरहरू कार्यक्रम सकिने बित्तिकै जान्छन् । छात्र वृत्तिमा आएका डाक्टर दुई वर्ष बस्नुपर्ने हुन्छ तर इलाम अस्पतालमा छात्र वृत्तिमा आएका डाक्टर एक वर्ष नबित्दै जाने गर्दछन् । अस्पताल भित्रको काम गर्ने वातावरण राम्रो नभएका कारण डाक्टरहरू बस्न नमानेका हुन । काम गर्न आएका डाक्टरहरू पनि काम गर्ने क्रममा अस्पताल प्रमुख बाट नै असहयोग गर्ने प्रवृत्तिका कारण आएका डाक्टर पनि बस्न नमान्ने गरेको अस्पतालका एक कर्मचारीले बताए । नाम नबताउने सर्तमा उनले भने ‘अस्पतालमा नयाँ आउने डाक्टरलाई अस्पताल प्रमुखलेनै काम गर्न असहयोग गर्ने र कामको मूल्याङ्कन नगर्ने गरेको कारण पनि डाक्टर बस्न नमानेका हुन ।’ ‘अस्पतालमा भएका सामाग्री प्रयोगमा पनि अस्पताल प्रमुखले हस्तक्षेप गर्ने गरेको कारण पनि हस्तक्षेप गर्ने गरेको भन्दै ती कर्मचारीले भने, अस्पतालका लागि आवश्यक डाक्टर ल्याउन इलाम अस्पतालभित्रको काम गर्ने वातावरणका कारण यहाँ आउन समस्या देखिएको छ ।’
अस्पतालमा भिडियो एक्सरे भए पनि गर्भवती महिलाको मात्र हुने र अन्य एक्सरेका लागि मेडिकल पठाउने गरिन्छ । अस्पतालमा आएका डाक्टरहरूले बिरामी चेक जाँचकै लागि अस्पतालको एकसरे प्रयोग गर्न समेत नपाउने भएपछि डाक्टर बस्न नमान्ने गरेका हुन । यति वेला अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रभु साहा अहिले इलाम अस्पतालमा छैनन् । उनी ४५ दिनको सेवा कालिन तालिमका लागि राजधानी गएका हुन । उनी नभएको बेला अस्पतालमा आउने सेवा ग्राही सेवा नपाई फर्किनु परिरहेको छ ।
आफू अस्पताल प्रमुख हुँदा अस्पतालका डाक्टरलाई भिडियो एकसरे प्रयोग गर्न नदिने र डाक्टरलाई चाहिने अन्य आवश्यक सामग्रीहरू पनि उनकै मन लाग्दीमा मात्र प्रयोग गर्नुपर्ने बाध्यताका कारण सेवा ग्राहीले सेवा पाउन सकेको गुनासो छ । यता कार्यालय प्रमुख प्रभु शाह काम गर्न समस्या भए कार्यालय प्रमुख सँग भन्नुपर्ने भन्दै सबैले आफ्नो आफ्नो काम गर्दा केही समस्या नहुने बताउँछन् ।
उनी भन्छन्,‘स्थायी डाक्टर नभए सम्म लामो समय सम्म बस्दैनन्, करारबाट आउने समय अवधि पश्चात् जाने पनि म्याद पुरा नभएसम्म कुनै डाक्टर पनि गएका छैनन्, बरु एक डेढ महिना थप गरेर राखेको भन्दै अहिले दुई जना करारका डा. मैले आफ्नै पहलमा राखेको छु उहाँहरू खुसीका साथ काम गरिरहनु भएको छ ।’ कसलाई असहयोग भएको हो त्यो थाहा छैन तर थप डाक्टर ल्याउनका लागि मेरो पहुँच पुगेको छैन, साहाले भने ‘म आफू नभएको बेला भिडियो एकसरे भने अरूले हेर्नुहुन्न त्यसैले त्यसबाट भने असुविधा भएको हो ।’
१६ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा ८ जना विशेषज्ञ डाक्टर रहेका छन् । ४ मेडिकल अधिकृत, ३ कन्सल्टेन्ट र १ डेनटल सर्जन अस्पतालमा दरबन्दी रहेको भए पनि दरबन्दी अनुसार कोही पनि डाक्टर छैनन् । भएका एक अस्पताल प्रमुख पनि दरबन्दी जिल्ला बाहिर रहेको र हाल काजमा इलाम अस्पतालमा कार्यरत छन् । ५९ जनाको दरबन्दी रहेको अस्पतालमा २५ जना मात्र कर्मचारी रहेका छन् ।

TOP