Hamropalika menu advertisement

किरात राई पत्रकार इलामको अध्यक्षमा सुनिता

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
किरात राई पत्रकार इलामको अध्यक्षमा सुनिता


इलाम: किरात राई पत्रकार संघ जिल्ला शाखा इलामको पाँचौ जिल्ला अधिवेशनले सुनिता राई खालिङलाई अध्यक्षमा चयन गरेको छ । इलाम सदरमुकाममा मंगलबार सम्पन्न अधिवेशनले खालिङ सहित उपाध्यक्षमा किरण राई, सचिवमा सरिता राई, कोषाध्यक्षमा प्रभा राई, सहसचिवमा अर्जुन राई र सदस्यहरुमा जीतमान राई, निता राई, सरिता लोहोख्ङ्ग राई चयन भएका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधिहरुमा बुद्धवीर राई, सरिता राई र सुनिता खालिङ राई चयन भएका छन् । स्थानीय चियाबारी एफ.एम.मा कार्यरत खालिङ नेपाल पत्रकार महासंघ इलाम शाखाको उपाध्यक्ष, नेपाल प्रेस युनियन इलामको उपाध्यक्ष, ब्यवसायीक रेडियोको छाता संगठन बोर्डकाष्टिङ एसोसीएसन (बान)को केन्द्रीय सदस्य, फोनिज लगायत संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

TOP