जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

मेची राजमार्गको भालुझोडामा दुर्घटना हुँदा अन्तुका रत्नकुमारको मृत्यु

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
मेची राजमार्गको भालुझोडामा दुर्घटना हुँदा अन्तुका रत्नकुमारको  मृत्यु

इलाम: इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मेची राजमार्गको भालुझोडामा दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपाकिला ४ श्रीअन्तुका रत्नकुमार थापा मगरको मृत्यू भएको हो । 
इलाम मेची राजमार्ग स्थित कन्याम– जोरकशल सडक खण्डको रोङ ४ भालुझोडामा सडक खण्डमा झापाबाट इलाम आउँदै गरेको मे ४ प ८३५५ नम्बरको बाइक र सोही दिशाबाट आउँदै गरेको मे १ ख ६५४ नम्वरको ट्रकसंग दुर्घटनामा हुँदा मोटरसाइकल चालक थापा घाइते हुनु भएको थियो । उहाँलाई उपचारका लागि भद्रपुर झापा स्थित मेची अञ्चल अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय पशुपतीनगरका इन्चार्ज बलराम गिरीले जानकारी दिनभयो । 
ट्रकलाई ओभरटेक गरेर अगाढी बढ्ने क्रममा बाइक अनियन्त्रित भई ट्रकको मुनीको भागमा पसेको जनाइएको छ । अपहन्न चारबजेतिर भएको दुर्घटनामा परि थापाको मृत्यू भएपछि ट्रक चालक इलाम सूर्योदय नगरपालिका ९ का बिमल तामाङलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । मृतकको उमेर र अन्य कुरा खुल्न सकेको छैन । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

TOP