जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको रोङमा मिनि कर्वडहल निर्माणःखेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको रोङमा मिनि कर्वडहल निर्माणःखेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा

गोबिन्द पौडेल: इलामको रोङ गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल हासपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वर भूमी मानिने कुटीडाँडा नजिकै रोङ गाउँपालिकाको २५ लाख संषद बिकास कोष इलाम क्षेत्र नं १ को ३० लाख र प्रदेश  नं १ सरकारको ८ लाख गरी ६३ लाख रुपियाँको लागतमा कर्वडहल निर्माण भएको हो ।
कर्वडहल निमार्ण भएपछि खेल प्रेमीहरुका लागि उत्साह मात्रै थपेको छैन अन्तराष्ट्रिय स्तरको मापदण्डमा स्थानीय स्थरमा नै खेलको प्रशिक्षण गर्न र गराउन सकिने भएपछि खेलको स्तरबृद्धिमा सहयो पुग्ने अपेक्षा समेत गरिएको छ ।
कर्वडहलमा मार्सलआर्ट ,ब्याडमिन्टन ,टेवलटेनिस लगायतका खेलको प्रशिक्षण हुन सक्ने छ । उक्त कर्वडहलमा शौचालय र चेन्जिङ रुमको समेत निमाण गरिएको रोङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मात्रिका बरालले जानकारी दिनु भयो ।
रोङ खेलकुदको लागि उर्वर भूमी भएका कारण आफ्नो ठाउँमा सुबिधा सम्पन्न प्रशिक्षण स्थल बनाउने लामो प्रयास पछि पूरा भएको रोङ खेलकुद बिकास समितिका संयोजक बिर्ख सुुब्बा बताउनु भयो ।
२०४५ सालदेखी निरन्तर कराते खेलमा सक्रिय रहि अन्तराट्रिय रेफ्री समेत बन्नु भएका योगेस चाम्लिङ आफ्नो लामो योजना पुरा भएको बताउनु हुन्छ । ‘कर्वड हल त बन्यो तर थुुप्रै पूर्वाधारको खाचो छ’ चाम्लिङले भन्नु भयो ।
घेरावारा ,पार्क, खेल अभ्यासका आधुनिक सामग्री, खेल अभ्यास ऐना, म्याट लगायत सामग्रीको अभाव रहेको जनाईएको छ । चाम्लिङले उक्त कवर्डहलमा चाडै प्रथम अन्तराष्ट्रिय आमन्त्रित कराते प्रतियोगीता संचालन गर्ने योजना रहेको जानकारी दिनु भयो ।
कर्वड हलले खेल अभ्यास मात्रै नभई उक्त क्षेत्रको पर्यटन बिकासमा पनि सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । कर्वडहल बनेपछिपार्टी, सेमिनार, सभा र सम्मेलन गर्न पनि सहज हुँने भएको छ ।

TOP