पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

इलामको रोङमा मिनि कर्वडहल निर्माणःखेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
इलामको रोङमा मिनि कर्वडहल निर्माणःखेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा

गोबिन्द पौडेल: इलामको रोङ गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल हासपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वर भूमी मानिने कुटीडाँडा नजिकै रोङ गाउँपालिकाको २५ लाख संषद बिकास कोष इलाम क्षेत्र नं १ को ३० लाख र प्रदेश  नं १ सरकारको ८ लाख गरी ६३ लाख रुपियाँको लागतमा कर्वडहल निर्माण भएको हो ।
कर्वडहल निमार्ण भएपछि खेल प्रेमीहरुका लागि उत्साह मात्रै थपेको छैन अन्तराष्ट्रिय स्तरको मापदण्डमा स्थानीय स्थरमा नै खेलको प्रशिक्षण गर्न र गराउन सकिने भएपछि खेलको स्तरबृद्धिमा सहयो पुग्ने अपेक्षा समेत गरिएको छ ।
कर्वडहलमा मार्सलआर्ट ,ब्याडमिन्टन ,टेवलटेनिस लगायतका खेलको प्रशिक्षण हुन सक्ने छ । उक्त कर्वडहलमा शौचालय र चेन्जिङ रुमको समेत निमाण गरिएको रोङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मात्रिका बरालले जानकारी दिनु भयो ।
रोङ खेलकुदको लागि उर्वर भूमी भएका कारण आफ्नो ठाउँमा सुबिधा सम्पन्न प्रशिक्षण स्थल बनाउने लामो प्रयास पछि पूरा भएको रोङ खेलकुद बिकास समितिका संयोजक बिर्ख सुुब्बा बताउनु भयो ।
२०४५ सालदेखी निरन्तर कराते खेलमा सक्रिय रहि अन्तराट्रिय रेफ्री समेत बन्नु भएका योगेस चाम्लिङ आफ्नो लामो योजना पुरा भएको बताउनु हुन्छ । ‘कर्वड हल त बन्यो तर थुुप्रै पूर्वाधारको खाचो छ’ चाम्लिङले भन्नु भयो ।
घेरावारा ,पार्क, खेल अभ्यासका आधुनिक सामग्री, खेल अभ्यास ऐना, म्याट लगायत सामग्रीको अभाव रहेको जनाईएको छ । चाम्लिङले उक्त कवर्डहलमा चाडै प्रथम अन्तराष्ट्रिय आमन्त्रित कराते प्रतियोगीता संचालन गर्ने योजना रहेको जानकारी दिनु भयो ।
कर्वड हलले खेल अभ्यास मात्रै नभई उक्त क्षेत्रको पर्यटन बिकासमा पनि सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । कर्वडहल बनेपछिपार्टी, सेमिनार, सभा र सम्मेलन गर्न पनि सहज हुँने भएको छ ।

TOP