जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको कैयाकट्टाबाट भारत लैजादै गरिएको गोरु सशस्त्र प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको कैयाकट्टाबाट भारत लैजादै गरिएको गोरु सशस्त्र प्रहरीको नियन्त्रणमा

फिक्कल: इलामको सन्दकपुर गाउँपालिका ८ कैयाकट्टा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट भारत निकासी हुदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गोरु नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा भारत निकासी गर्न लागिएको अवस्थामा सात लाख ७० हजार मुल्य बराबरको २२ वटा गोरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । गोरु निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले गोरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी इलामका प्रमुख प्रहरी उपरीक्षक सुरेश सापकोटाले हाम्रो पालिकालाई जानकारी दिनु भयो । उहाका अनुासर गोरु संगै तीन जना गोरु ब्यपारीलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई पशुपतिनगर ल्याउने जनाईएको छ ।
इलामको पशुपतिनगर , हिले , छब्बीसे लगायतका नाकामा प्रहरीले कडाई गरेपछि सीमावर्ती अन्य नाकाको प्रयोग गरेर ब्यपारीले गोरु भारत लैजाने गरेको छन् । भन्सार छलेर ब्यपारीले इलाम सहित तराईका गोरु समेत यी नाकाबाट भारत निकासी गर्ने गरेको पाईएको छ । प्रहरीले नियन्त्रणमा लिएका गोरु पशुपतिनगर भन्सारमा बुझाउने जानकारी दिएको छ ।

TOP