इलामको कैयाकट्टाबाट भारत लैजादै गरिएको गोरु सशस्त्र प्रहरीको नियन्त्रणमा – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

इलामको कैयाकट्टाबाट भारत लैजादै गरिएको गोरु सशस्त्र प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

फिक्कल: इलामको सन्दकपुर गाउँपालिका ८ कैयाकट्टा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट भारत निकासी हुदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गोरु नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा भारत निकासी गर्न लागिएको अवस्थामा सात लाख ७० हजार मुल्य बराबरको २२ वटा गोरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । गोरु निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले गोरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी इलामका प्रमुख प्रहरी उपरीक्षक सुरेश सापकोटाले हाम्रो पालिकालाई जानकारी दिनु भयो । उहाका अनुासर गोरु संगै तीन जना गोरु ब्यपारीलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई पशुपतिनगर ल्याउने जनाईएको छ ।
इलामको पशुपतिनगर , हिले , छब्बीसे लगायतका नाकामा प्रहरीले कडाई गरेपछि सीमावर्ती अन्य नाकाको प्रयोग गरेर ब्यपारीले गोरु भारत लैजाने गरेको छन् । भन्सार छलेर ब्यपारीले इलाम सहित तराईका गोरु समेत यी नाकाबाट भारत निकासी गर्ने गरेको पाईएको छ । प्रहरीले नियन्त्रणमा लिएका गोरु पशुपतिनगर भन्सारमा बुझाउने जानकारी दिएको छ ।

TOP