पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

इलामको सूर्योदय नगरपालिका ‘बालमैत्री नगर’घोषणा हुदै

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
इलामको सूर्योदय नगरपालिका ‘बालमैत्री नगर’घोषणा हुदै

फिक्कलः सूर्योदय नगरपालिका बाल मैत्री नगरपालिका घोषणाको अन्तिम चरणमा पुगेको छ । आईतबार वडा नं १३ र १४ लाई बालमैत्री स्थानिय शासन युक्त एवं बालश्रम मुक्त वडा घोषणा गरेसंगै बालमैत्री नगर घाषणाको तयारी थालिएको हो ।
नगरले १ नम्बर बाहेकका सम्पूर्ण वडाहरुलाई बालमैत्री घोषणा गरि सकेको छ । बाँकी वडालाई समेत घोषणा गरि आगामी भदौ २९ गते वालदिवसको अवसर पारेर नगरलाई वालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनस भयो ।
१४ नम्बर वडाका वडाध्यक्ष बलराम समालको अध्यक्षता एव जिल्ला समन्वय समिति इलामकी उप प्रमुख चित्रकला बराईलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष हेमराज आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो । शाखाले यस अघि २ र ३ नम्बर वडालाई बालमैत्री घोष्णा गरेको थियो ।

कार्यक्रममा बोल्दै महिला बालबालिका ज्येष्ठ नागरिक एवं अपागता शाखाकी प्रमुख तारा शेर्पाले लामो समयको प्रयाशबाट बालबालिकाका लागि हक अधिकार सुनिश्चित हुने गरि कानुन बनाईएको र आगामी २९ गतबाट सूर्योदय नगरपालिका जिल्लामै पहिलो बालमैत्री नगरपालिका घोषणा हुन लागेको बताएकी छन् । सभ्यता बाल क्लबकी अध्यक्ष मनिषा भण्डारीले कानुन संगै ब्यहभारमा उतार्नु पर्ने बताईन् । अधिकार नपाएका बालबालिकाले न्याय पाएको आभाष गर्नुपर्ने उल्लेख गरेकी छन् ।

कार्यक्रममा दुबै वडाका जनप्रतिनिधि,पूर्व जनप्रतिनिधि,टोल संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको संचारकर्मी दुर्गा पाख्रेलले जानकारी दिईएका छन् । उनका अनुसार कार्यक्रममा ज्योति मावि, अरुणद्धय मावि र सरस्वति माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । बालमैत्री वडा बनाउन सहयोग गरेको भन्दै १४ नम्बर वडाकी कर्मचारी सिबिआरएस कञ्चना राई र कोलबोटे टोलका अध्यक्ष दिल बहादुर राईलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

TOP