जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको सूर्योदय नगरपालिका ‘बालमैत्री नगर’घोषणा हुदै

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदय नगरपालिका ‘बालमैत्री नगर’घोषणा हुदै

फिक्कलः सूर्योदय नगरपालिका बाल मैत्री नगरपालिका घोषणाको अन्तिम चरणमा पुगेको छ । आईतबार वडा नं १३ र १४ लाई बालमैत्री स्थानिय शासन युक्त एवं बालश्रम मुक्त वडा घोषणा गरेसंगै बालमैत्री नगर घाषणाको तयारी थालिएको हो ।
नगरले १ नम्बर बाहेकका सम्पूर्ण वडाहरुलाई बालमैत्री घोषणा गरि सकेको छ । बाँकी वडालाई समेत घोषणा गरि आगामी भदौ २९ गते वालदिवसको अवसर पारेर नगरलाई वालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनस भयो ।
१४ नम्बर वडाका वडाध्यक्ष बलराम समालको अध्यक्षता एव जिल्ला समन्वय समिति इलामकी उप प्रमुख चित्रकला बराईलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं १३ का वडाध्यक्ष हेमराज आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो । शाखाले यस अघि २ र ३ नम्बर वडालाई बालमैत्री घोष्णा गरेको थियो ।

कार्यक्रममा बोल्दै महिला बालबालिका ज्येष्ठ नागरिक एवं अपागता शाखाकी प्रमुख तारा शेर्पाले लामो समयको प्रयाशबाट बालबालिकाका लागि हक अधिकार सुनिश्चित हुने गरि कानुन बनाईएको र आगामी २९ गतबाट सूर्योदय नगरपालिका जिल्लामै पहिलो बालमैत्री नगरपालिका घोषणा हुन लागेको बताएकी छन् । सभ्यता बाल क्लबकी अध्यक्ष मनिषा भण्डारीले कानुन संगै ब्यहभारमा उतार्नु पर्ने बताईन् । अधिकार नपाएका बालबालिकाले न्याय पाएको आभाष गर्नुपर्ने उल्लेख गरेकी छन् ।

कार्यक्रममा दुबै वडाका जनप्रतिनिधि,पूर्व जनप्रतिनिधि,टोल संस्थाका अध्यक्ष लगायतको उपस्थिति रहेको संचारकर्मी दुर्गा पाख्रेलले जानकारी दिईएका छन् । उनका अनुसार कार्यक्रममा ज्योति मावि, अरुणद्धय मावि र सरस्वति माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । बालमैत्री वडा बनाउन सहयोग गरेको भन्दै १४ नम्बर वडाकी कर्मचारी सिबिआरएस कञ्चना राई र कोलबोटे टोलका अध्यक्ष दिल बहादुर राईलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

TOP