जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलाममा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
इलाममा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु

इलाम: इलाममा नेपाली कांग्रेसको चुनाव लक्षित अभियान शुरु भएको छ । देशब्यापी कार्यक्रम अन्र्तगत शुक्रबार केन्द्रीय प्रतिनिधि महेन्द्र कुमारी लिम्बुको उपस्थितिमा अभियानको शुरु गरिएको हो ।

इलाममा महेन्द्र कुमारी लिम्बु केन्द्रीय प्रतिनिधिका रुपमा आएकी छन् । उनले इलाममा भएको कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरेकी छन् । जिल्ला सभापती डम्बरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश समिति सदस्य लगायत स्थानिय तहमा निर्वाचित जनप्रतिनिधि, भातृ संगठन तथा सुभेक्षुक संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको पार्टी जिल्ला सचिव पूर्णप्रसाद गौतमले जानकारी दिए । उनले चुनाव केन्द्रीत यो पहिलो चरणको कार्यक्रम भएको र आचार संहिता लाग्नु हुनु अघिसम्म अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिने बताए ।

सो कार्यक्रममा प्रदेश समिति सदस्य र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउने कांग्रेसले बताएको छ।अभियानका क्रममा जनताका समस्या सुन्ने, सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गर्ने कांग्रेसले जनाएको छ।
सत्तारुढ कांग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लक्षित अभियान चलाएको हो। अभियान शुक्रबारदेखि २४ गतेसम्म चल्ने जनाइएको छ ।अभियानका लागि कांग्रेसले यसअघि नै केन्द्रीय प्रतिनिधि ७७ वटै जिल्लामा पठाएको थियो ।

TOP