जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

अलैंचीको बजारीकरणका लागि ‘वाह अलैंची’ कार्यक्रम

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
अलैंचीको बजारीकरणका लागि ‘वाह अलैंची’ कार्यक्रम

झापा: नेपाल अलैंची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैंचीको वजारीकरणका लागि ‘वहा अलैंची’ नामक कार्यक्रम शुरुवात गरेको छ ।अलैंचीको प्रवद्र्धन गर्ने उद्देश्यले स्वीस सरकारको सहज कार्यक्रम अन्तरगत वाह अलैंची कार्यक्रम शुरुवात गरेको हो । स्वीस कार्यक्रम मार्फत नै मास्टर सेफ सन्तोष शाहलाई अलैंचीको ब्राण्ड एम्बासेडर नियुक्त गर्दै कार्यक्रमको शुरुवात गरिएको हो । १ नम्वर प्रदेश सरकारको समेत सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले गर्नुभयो ।
बिर्तामोडमा आज आयोजित कार्यक्रमकाबीच कार्यक्रमको उद्घाटन गर्दै मन्त्री दर्लामीले नेपालमा उत्पादित अलैंची विश्व वजारमा प्रख्यात रहेपनि नेपालमा यसको प्रयोग ज्यादै न्यून रहेकाले नेपाली उपभोक्ता माझ पनि अलैंचीका विषयमा जानकारी दिनु पर्ने बताउनुभयो । उहाँले अलैंची उत्पादन गर्ने कृषक र व्यवसायीका लागि प्रदेश सरकारले सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सिना, उद्योग वाणिज्य महासंघका प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे लगायतले बोल्नु भएको थियो ।
नेपालमा वार्षिक ७ अर्ब रुपैयाँको अलैची उत्पादन हुँदै आएको छ । नेपालका ४५ जिल्लाको झण्डै १८ हजार ४ सय हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा अलैंची खेती हुँदै आएको र वार्षिक करिव पाँच हजार पाँच सय मेट्रिकटन अलैंची उत्पादन हुने गरेको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो ।पूर्वाञ्चल दैनिकबाट

TOP