Hamropalika menu advertisement

इलामको रोङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
इलामको रोङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

रोङ । इलामको रोङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई साना किसान सञ्जाल परिवारले सम्मान गरेको छ । सहकारी संस्थाले स्थानीय तह २०७९ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यसफलताको कामना गर्दै सम्मान गरेको हो । सम्मान कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष बिष्णुमाया भुजेल, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, वडासदस्यहरुको उपस्थिति रहेको थियो ।

TOP