Hamropalika menu advertisement

इलाममा रुख ढाल्ने क्रममा मृत्यू

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
इलाममा रुख ढाल्ने क्रममा मृत्यू

इलाम: रुख ढाल्ने क्रममा इलाम नगरपालिका ४ मा एक ब्यक्तिको रुखले लागेर मृत्यू भएको छ । इलाम नगरपालिका ४ कागतेपानीका ५० वर्षिय लाल बहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यू भएको हो । स्थानीय नबिन गुरुङको बारीको पिप्लेको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउशो करिव तीन बजे घटना स्थलमानै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
सन्दकपुर गाउँपालिकाका ३२ वर्षिय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका ४ का स्थानीय सन्तबहादुर राई र कुबेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरुङलाई रुखले लागेको थियो ।
उनको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा ठेक्कामा बगान लिएर रुख कटाउने सन्दकपुर गाउँपालिकाका सुवास राई र रुख काट्ने इलाम नगरपालिका ४ का स्थानीय सन्तबहादुर राई र कुबेर राईलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

TOP