जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामका २९ मतदान स्थल अति संवेदनशील

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामका २९ मतदान स्थल अति संवेदनशील

इलाम: इलाममा जिल्ला सुरक्षा समितिले २९ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ। यस्तै ५९ वटा मतदानस्थललाई संवेदनशील र ६३ वटा स्थललाई सामान्यमा राखेको हो । जिल्ला सुरक्षा समिति प्रमुख तथा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले भौगोलीक लगायतका अवस्था हेरी सूचीकृत गरीएको जानकारी दिनु भयो ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिले जिल्लाका १५१ वटै मतदान स्थलको अवस्था विश्लेषण गरेर अति संवेदनशील, संवेदनशील र सामान्यमा छुट्याइएको बताइएको छ। ‘कतिपय नजिक र सुविधा सम्पन्न स्थानहरुमै रहेका मतदानस्थल पनि अति संवेदनशीलमा परेका छन्, कति टाढा र सीमा क्षेत्रमा पर्ने स्थलहरु पनि छन्। ’ प्रजिअ ढुङ्गानाले एकिकृत सुरक्षा योजना तयार भएपछि र निर्वाचन अधिकृत तथा मतदान अधिकृत खटाइएपछि मात्र सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनु भयो ।

यता, जिल्लामा रहेका ५५० बढी नेपाल प्रहरी, एक हजार १९८ म्यादी प्रहरी आउँदो निर्वाचनमा खटिने इलामका प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो । अति संवेदनशील भनिएको ठाउँमा आवश्यकताको आधारमा ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने छ। अति संवेदनशील हुनुपर्ने तर सदरमुकाम नजिक भएका, तत्काल थप सुरक्षाकर्मी परिचालन गराउन सकिने मतदान स्थललाई संवेदनशील तथा सामान्य मतदान स्थलको रूपमा राखिएको छ। जिल्लामा निर्वाचनका लागि निर्वाचन कार्यालये आफना गतिविधिलाई तिब्रता दिएको छ ।

TOP