जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको एतिहासीक जौबारी बजार सुनसान बन्यो

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलामको एतिहासीक  जौबारी बजार सुनसान बन्यो

मरवाडी समुदाय बिस्तापित

प्रेम अधिकारी,इलाम:


इलामको एतिहासीक बजार जौवारीका ब्यवसायी थुम्बे शेर्पा यतिबेला फूर्सदिलो बन्नु भएको छ । बिगत लामो समय देखि जौबारी बजार सुनसान भएपछि शेर्पाले फुर्सद पाउनु भएको हो । नेपाल भारतको सीमावर्ती जौबारी बजार केहि बर्ष देखि सुनसान बनेको शेर्पाले बताउनु भयो ।
पहाडी जिल्ला इलाम , पाँचथर र ताप्लेजुङका ब्यपारी र स्थानीयले बिभिन्न कृषिजन्य बस्तु निर्यात गरी खाद्यान्न लगायतका बस्तु आयात गर्ने उक्त बजारमा सुनसा नबनेपछि ब्यवसायी समेत पलायन हुँन थालेको उहाले बताउनु भयो । शेर्पाले भन्नु भयो‘ पसल त रुगेर बस्नु मात्र हो, बिक्री छैन ।’
जौबारी बजार इलाम जिल्लाकै सबै भन्दा पुरानो बजार भए पनि पूर्वाधार बिकासको अभावमा सुक्दै गएको छ । हिउँद महिनामा यातायत सचालन भए पनि बर्खा याममा यातायत संचालन नहुँने जस्ता समस्याका कारण जौबारी बजार सुनसान भएको अर्का ब्यपारी छिन्दुनी भोटीयाले जानकारी दिनु भयो ।
कोरोना महामारी पछि गरिएको लकडाउनका कारण सीमा क्षेत्रमा कडाई गरिएपछि ब्यवसाय ठप्प बन्द अधिकांश ब्यपारी पलायन भएका छन । अलैँची, आलु , मटर , घिउ , छुर्पी बिक्रीका लागि बिगतमा पहाडी क्षेत्रको एक मात्र बजारका रुपमा जौबारी थियो । कृषिजन्य बस्तु बिक्री गरी किसान र ब्यपारीले चामल , चिनी , नुन लगायतका खाद्यान्न उक्त बजारबाट खरिद गर्ने गरेका थिए । सडक संजाल, शान्ति सुरक्षा लगायतको अभावमा धेरै जसो ब्यपारी जौबारीबाट पलायन भैसकेका छन् ।
मारवाडी समुदायको बाक्लो बसोबास भएको उक्त क्षेत्रबाट १० बर्षे द्धन्दको समयमा सबै मारवाणी समुदाय शान्ति सुरक्षाका कारण बिस्थापित भएका थिए । स्थानीय ब्यपारीले धान्दै आएको उक्त बजारमा कृषिजन्य बस्तुको निर्यात समेत हुँन छोडेपछि स्थानीय ब्यपारी समेत बिस्थापित भैसक्न लागेका छन् ।
उक्त क्षेत्रमा छोटी भन्सार समेत नहुँदा समस्या हुँने भएकाले आयात निर्यातमा समस्या हुँदा बजारको चाम घटेको ब्यवसायीहरु ब्ताउछन । नेपालतर्फवाट सिधा सडक नहुनु र भारतीय वाटोवाट उपभोग्य सामग्री ल्याउन भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्ने गरेकाले यहा“का बासिन्दा वर्षौ देखि प्रताडित ह“दै आएका छन् ।
हिउदका केहि महिना नेपालतर्फवाट सवारीका साधन सञ्चालनमा आउने गरे पनि अरु समय सडक सञ्जालवाट सीमावर्ती क्षेत्रका बासिन्दा टाढै रहन्छन् । भारतको दार्जिलिङतर्फवाट मानेभञ्ज्याङहु“दै पा“चथर सीमावर्ती फ्यालुटसम्म नै सडक भए पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फका बासिन्दालाई दैनिक उपभोग्य लगायत निर्माण सामाग्री ल्याउन रोक लगाउदा समस्या हुने गरेको स्थानीय सोनाम शेर्पाले बताउनु भयो ।
सीमावर्ती मेघमा, तुम्लिङ, जौवारी, कैयाकट्टा, कालपोखरी, सन्दकपुरलगायत स्थानमा नेपालतर्फवाट बाह्रै महिना चल्ने सडक नहुदा बर्षौदेखि स्थानीयले सास्ती खेप्नु परेको हो । यो क्षेत्रका बासिन्दाको दैनिकीस“गै यहा“का अथाहा संभावनालाई हेरेर राज्यले ठोस पहल गर्नु पर्ने स्थानीयको माग छ ।

जौबारीमा आलु बिकास केन्द्र, बागबानी बिकास केन्द्रका कार्यालय रहेका छन् । भारतीय र बंगाली पर्यटक जौबारी हुँदै पर्यटकीय क्षेत्र सन्दकपुर जाने गरेको भए पछि जौबारीको पर्यटन समेत आझेलमै परेको छ । सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी बजारको बिकासका लागि गाउँपालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष उदय बहादुर राईले जानकारी दिनु भयो । उहाले पर्यटन रुटको बिकास गर्न सके मात्र जौबारी बजार साविकको अवस्थामा फर्कन सक्ने बताउनु भयो ।
जौबारी मात्र नभएर इलामको माईजोगमाई गाउँपालिका तीन नम्बरको शुक्रबारे बजार पनि सुनसान छ । उक्त बजार जिल्लाको कृषिजन्य बजार खरीद बिक्री गर्ने अर्को मुख्य केन्द्र भएपनि हिजो आज बजार सुनसान छ । शुक्रबारे बजार छोडेर सबै मारवाण्ी समुदायका ब्यपारी बसाँई सरीसकेका छन् । उक्त समुदायका ब्यपारीको घर बजारमा भए पनि जिर्ण बनी सकेका छन । स्थानीय स्तरका कृषिजन्य बस्तुका उत्पादनको खरीद बिक्री केन्द्रका रुपमा रहेको उक्त बजार सुनसान भएको लामो समय भैसकेको स्थानीय संचारकर्मी गगन घिमिरेले जानकारी दिनु भयो ।
यातायतको सुविधाका कारण ग्रामिण क्षेत्रका स्थानीय र ब्यपारी समेत सोझै तराईका बजार झर्ने गरेका छन । जसका कारण पनि ग्रामिण बजारको महत्व घट्दै गएको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले साप्ताहिक रुपमा लाग्ने हाटबजार लगाउन पहल थाल्ने बताउनु भयो । उहाले भन्नु भयो ‘ ग्रामिण क्षेत्रमा साप्ताहिक हाट लगाउन सके बस्तु बिनीमयको अवस्था बन्छ, हामी कोसीस गर्छौ ।’इलामको सर्योदय नगरपालिकाको मेची बजार , कटुसे, गोर्खे लगायतका बजार समेत सुनसान बन्दै आएका छन् ।

TOP