जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

मानव बेचबिखन न्यूनीकरणका लागि शक्ति समूहको अभियान जारी

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
मानव बेचबिखन न्यूनीकरणका लागि शक्ति समूहको अभियान जारी

फिक्कलः अन्र्तदेशीय मानव बेचबिखन र कोभिड १९ ले पारेको प्रभाव र यसको समाधान बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन बिरुद्ध काम गर्दै आएको संस्था शक्ति समूहको आयोजनामा सूर्योदय नगरपालिकामा बिहिबार उक्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
शक्ति समूहकी कार्यकारी परियोजना संयोजक जानुका खतिवडाको अध्यक्ष तथा सूर्योदय नगरपालिकामा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा सहभागीले मानव बेचबिखन न्यूनिकरणका लागि तत्लो स्तर सम्म सहकार्य गरेर काम गर्न सुझाव दिएका छन् ।
नगर प्रमुख राई , उप प्रमुख दुर्गादेबी भट्टराई ,वडाध्यक्ष , संचारकर्मी सहित भएको समिक्षा कार्यक्रममा सहभागीले आफना जिज्ञासा राखेका थिए भने शक्ति समुहले तीन महिनामा गरेको कामको प्रगति प्रस्तुत गरेको थियो । कार्यक्रममा समुहका जिल्ला संयोजक खगेन्द्र ढुंगानाले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ३ महिनाको अवधिमा ६ जना महिलाको उद्धार पछि जिविको पार्जनका लागि बिउ पुजी दिएर आत्म निर्भर बनाउने काम गरेको जानकारी दिनु भयो । त्यस्तै बाढी पहिरोको जोखीममा परेका ३ जना वालवालिकालाई नगद रकम प्रदान गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा परियोजना संयोजक खतिवडाले ६ जनालाई सहयोग गरिएको जानकारी दिदै अन्य ३४ जनालाई सहयोग गर्ने योजनामा रहेको जानकारी दिनु भयो । उहाले वडास्तरबाट बेचबिखनमा परेका महिलालाई सम्पर्कमा ल्याउन पहल गर्नु पर्ने बताउनु भयो ।
संस्थाले पूर्वको झापा स्थित मेचीनगर नगरपालिका र इलामको सूर्योदयमा सेवा बिस्तार गरेर काम गरीरहेको छ । कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले पशुपतिनगर, मानेभञ्ज्ङ र छब्बिसे गरी तीनवटा नाकामा निगरानी बढाउनु पर्ने बताउनु भयो । उहाले सीमा क्षेत्रको भौगोलीक अवस्था अनुसार काम गर्नु पर्ने सुझाव दिनु भयो । उहाले जव समम बेचबिखन शून्यमा झदैन तव सम्म ढुक्क हुने अवस्था नरहेको बताउनु भयो ।

एहाले आर्थिक अभावका कारण महिलाहरु बेचबिखनमा पर्ने भएकाले महिलाको आर्थिक अवस्था सुधारमा काम गर्नु पर्ने बताउनु भयो ।
नगर उप प्रमुख दुर्गादेवी भट्टर्राले वडा वडामा संचालन भएका महिला सहकारी मार्फत संस्थाले आफना गतिविधि संचालन गर्नु पनेृ सुझाव दिनु भयो । उहाले सूर्योदय नगर केन्द्रित नभई जिल्ला भर आफना गतिविधि अगाडी बढाउन समुहलाई सुझाव दिनु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिका महिला तथा वालवालिका शाखा प्रमुख तारा शेर्पाले समुहको कमले आफहरुलाई सहयोग पुगेको बताउनु भयो ।
संस्थाले मानव बेचबिखनको टा«न्जीट प्वाईन्टको रुपमा रहेको सीमावर्ती क्षेत्रलाई कार्यथलो बनाएर मानव बेचबिखन न्यूनिकरण बिरुद्ध काम थालेको समुहका इलाम संयोजक खगेन्द्र ढुंगानाले जानकारी दिनु भयो । यस अघि इलाममा माईती नेपालले लामो समय देखि उक्त प्रकृतिको काम गर्दै आएको छ ।

TOP