जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

चेलीबेटी बेचबिखन न्यूनीकरणका लागि इलामको सूर्योदयमा शक्ति समूहको अभियान

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
चेलीबेटी बेचबिखन न्यूनीकरणका लागि इलामको सूर्योदयमा शक्ति समूहको अभियान

फिक्कल: अन्र्तदेशीय मानव बेचबिखन , कोभिड १९ ले पारेको प्रभाव र यसको समाधान बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन बिरुद्ध काम गर्दे आएको संस्था शक्ति समूहको आयोजनामा सूर्योदय नगरपालिकामा बुधबार उक्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीको अध्यक्ष तथा सूर्योदय नगरपालिकामा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा सहभागीले मानव बेचबिखन न्यूनिकरणका लागि तत्लो स्तर सम्म सहकार्य गरेर काम गर्न सुझाव दिएका छन् ।
कार्यक्रमको औचित्य र संस्थाको परिचय गराउदै कार्यकारी निर्देशक दर्लामीले शक्ति समूह बेचबिखनमा परेका महिलाहरुद्धारा संचालित बिश्वको पहिलो मानव बेचबिखनका बिरुद्ध काम गर्ने संस्था भएको जानकारी दिनु भयो । उहाले स्थानीय सरकार र सरोकारवालाको सुझावका आधारमा काम गर्ने जानकारी दिनु भयो । उहाले संस्थामा आवद्ध १ सय ५० बढी महिलाको संलग्नतामा १८ जिल्लामा काम गरीरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा सहयोगी सस्था ट.ीडी.एच.की कार्यक्रम संयोजक नर्वदा सोरालीले संस्थाले सूर्योदय नगरपालिकालाई केन्द्र मानेर भारतीय सीमावर्ती क्षेत्रमा चाईल्ड प्रोटेक्सन र माईग्रेन सम्बन्धी कार्य गरीने जानकारी दिनु भयो । संस्थाले पूर्वको झापा स्थित मेचीनगर नगरपालिका र इलामको सूर्योदयमा सेवा बिस्तार गरेको हो । शक्ति समूहकी परियोजना संयोजक जानुका खतिवडाले वालवालिकामा कोभिड १९ले पार्ने प्रभाव , कोभिडको समयमा हुँने मानव बेचबिखन लगायतका बिषयमा प्रष्ट पार्नु भयो । उहाले संस्थाले मानव बेचबिखन संग सम्बन्ति रहि खोजअनुसन्धान गर्ने, तालिम संचालन गर्ने, बेचबिखन प्रभावितलाई सहयोग गर्ने, अनुभव आदान प्रदान गर्ने जस्ता कार्य गर्ने जानकारी दिनु भयो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले पशुपतिनगर, मानेभञ्ज्ङ र छब्बिसे गरी तीनवटा नाकामा निगरानी बढाउनु पर्ने बताउनु भयो । उहाले सीमा क्षेत्रको भौगोलीक अवस्था अनुसार काम गर्नु पर्ने सुझाव दिनु भयो । नगर उप प्रमुख दुर्गादेवी भट्टर्राले आर्थिक अभावका कारण महिलाहरु ब्ेचबिखनमा पर्ने भएकाले महिलाको आर्थिक अवस्था सुधारमा काम गर्नु पर्ने बताउनु भयो ।
उहाले नगरमा संचालित बितिय संस्थाले समुहमा आवद्ध गराएर महिलालाई ऋण दिने र ऋण तिर्न एक दिन ढिला भए समुहका सबै लगेर दवाब दिने गरेका कारण महिलाहरु मनसिक रुपमा बिक्षीप्त भई गलत बाटो रोज्न बाध्य हुने गरेको बताउनु भयो । उहाले धार्मीक संघ संस्थाका नाममा वालवालिकालाई बाहिर लैजाने क्रम बढेको बताउदै यस्ता घटना रोक्न उद्देश्य मिल्ने संस्थाले सहकार्य गरी काम गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सूर्योदय नगरपालिका सामाजिक बिकास समिति संयोजक सोनाम लामा, उद्योग बिकास अधिकृत इश्वरी अधिकारी, महिला तथा वालवालिका शाखा प्रमुख तारा शेर्र्पा, फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रका डा. सरोज दर्नाल, इलाका प्रहरी कार्यालयका इन्सपेक्टर देउप्रसाद लिम्बु, शसस्त्र प्रहरी बल बिओपी पशुपतिनगरका इन्सपेक्टर नविन खतिवडा, पत्रकार महासंघ इलामका सह सचिव प्रेम अधिकारी , सामी परियोजनाकी जिज्ञासा लामा लगायतको सहभागीता रहेको थियो ।
संस्थाले मानव बेचबिखनको टा«न्जीट प्वाईन्टको रुपमा रहेको सीमावर्ती क्षेत्रलाई कार्यथलो बनाएर मानव बेचबिखन न्यूनिकरण बिरुद्ध काम थालेको संस्थाका इलाम प्रतिनिधि खगेन्द्र ढुंगानाले जानकारी दिनु भयो । यस अघि इलाममा माईती नेपालले लामो समय देखि उक्त प्रकृतिको काम गर्दै आएको छ ।

TOP