जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पत्रकार सोम सुसेलीद्धारा नगर सभापतीमा उम्मेद्धारी घोषणा

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
पत्रकार सोम सुसेलीद्धारा नगर सभापतीमा उम्मेद्धारी घोषणा

इलाम : नेपाली कांगे्रसको आसन्न १४ औँ महादधवेशनमा इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका छन् । इलाम नगरपालिका वडा नम्वर ९ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकका निवर्तमान उपाध्यक्ष तथा पत्रकार महासंघ इलाम शाखाका संस्थापक सचिव समेत रहेका सुसेली पूर्व सभापती समेत हुन् । उनी २०४५ सालदेखी नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन् । नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका सुसेली २०५३ साल देखी नेपाली कांग्रेसको क्रियाशिल सदस्य समेत रहेर काम गरिरहेका छन् । रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर समेत रहेका सुसेली नेपाली कांग्रेसको बिभिन्न उपसमितिमा सक्रिय रहँदै आएका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले उनलाई कोभिड १९ को इलाम जिल्लाको सूचना संयोजकको जिम्मेवारी दिएको छ । नेपाल टे्रड युनियन कांग्रेस केन्द्रीय समिति अन्तर्गतको अनुसन्धान तथा अनुगमन उप समितिको समैत जिम्मेवारी सम्हाली रहेका छन् । साथै नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर एकका संयोजक समेत रहेका छन् ।उनले यस अघि स्थानिय प्रदेश र संघिय निर्वाचनमा नेपाली कांग्रेसको प्रचार समिति संयोजक भएर काम गरेका छन् ।

TOP