जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

रेडक्रस इलामद्धारा सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
रेडक्रस इलामद्धारा सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामग्री हस्तान्तरण

फिक्क्ल:नेपाल रेडक्रस सोसाइटी इलामले सूर्योदय , माई र रोङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण रेको छ । कोभिड संक्रमण बढिरहेका बेला रेडक्रसले स्थानीय पालिकाहरुलाई कोभिडका बिरामीको उपचारमा सहजताका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । रेडक्रसले सूर्योदय नगरपालिकामा एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान वाटर प्युरिफायर र पिपिई सेट प्रदान गरेको फिक्कल उपशाखाका सभापति सुजन नेपालले जानकारी दिनु भएको छ ।

जिल्ला सभापति शिव गौतम र उपशाखा सभापति नेपालबाट संयुक्त रुपमा नगर प्रमुख रण बहादुर राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । सीमासँग जोडिएको क्षेत्र भएकाले कोभिड संक्रमितको संख्या भने बढिरहेको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिले पनि सरुर्योदयलाई कोभिड संक्रमणको ‘रेड जोन’मा राखेको थियो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा र जिल्ला शाखाले संयुक्त रुपमा माई नगर अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । रेडक्रस जिल्ला शाखाका शिब प्रसाद गौतम लगायत रेडक्रसकर्मीहरुको टोलीले माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल र माई नगरपालिका लेखा शाखा प्रमुख क्षेत्रनाथ शर्मालाई संयुक्त रुपमा १० लिटर क्षमताका कन्सन्ट्रेटर एक थान, पिपिई लगायत स्वास्थ्य सामाग्री प्रदान गरेको रेडक्रस दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतमले जानकारी दिए।
स्वास्थ्य बिमा कार्यक्रम सहित जिल्लाकै दोस्रो १५ बेडको सरकारी अस्पताल सन्चालन गरिएको माई नगर अस्पतालमा अब ७ बटा अक्सिजन कन्सन्ट्रेटर भएको प्रमुख कट्टेलले जानकारी दिनु भयो । उक्त अस्पतालमा मेडिकल अधिकृत डा राम कृष्ण आचार्य सहित स्वास्थ्यकर्मीको टोलीले दैनिक ६० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरि रहेका छन ।
रेडक्रस सोसाइटी इलामले रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड संक्रमण बढिरहेका बेला रेडक्रसले एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान वाटर प्युरिफायर र पिपिई सेट प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
झापाको सीमा क्षेत्रसँग जोडिएको रोङमा कोभिड संक्रमितको संख्या भने बढिरहेको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिले पनि रोङलाई पनि कोभिड संक्रमणको ‘रेड जोन’मा राखेको थियो । रोङमा दोस्रो लहरको कोभिडबाट ४८३ जना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

TOP