जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाममा कोरोना संक्रमण रोकीएन

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाममा कोरोना संक्रमण रोकीएन


हाल सम्म १०३ जनाको मृत्यु

फिक्कल: लामो समय बन्दाबन्दी गर्दा पनि इलाम जिल्लामा कोरोना नियन्त्रणमा आउन सकेको छैन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको आदेशमा ग्रामिण क्षेत्रका यातायात र किराना पसल समेत संचालनमा रोक लगाएर बन्दाबन्दी गर्दा पनि कोरोना नियन्त्रणमा आउन नसकेको हो ।
इलाममा हहिले सम्ममा ४ हजार ७ सय ३३ जना संक्रमित रहेका छन् । १ सय ३ जनाले हाल सम्म कोरोनाबाट ज्यान गुमाई सकेका छन् । बन्दाबन्दीको समयमा पनि दैनिक संक्रमितको संख्या बढीरहेको छ । जसमा सदरमुकाम रहेको इलाम नगरपालिकामा मात्र १ हजार ५ सय ३५ जना संक्रमित रहेका छन् भने २९ जनाको मृत्यु भएको छ । त्यस पछि ८ सय ७७ जना संक्रमित सूर्योदय नगरपालिकामा रहेका छन भने २७ जनाको मृत्यु भैसकेको छ । यी दुबै नगरपालिका मानिसको बढी चहल पहल हुँने क्षेत्र हुँन ।स्थानीय प्रसाशनले भदौ १० गते सम्म बन्दाबन्दी थप गरेको छ । प्रशासनले इलाम , सूर्योदय र रोङलाई रेडजोनमा राखेको छ । प्रशासनले झापा इलामको सीमाना जोरकलशमै प्रहरी खटाएर कडाकडी गर्दे आएको छ । आवश्यक चेकजाँच पछि अति आश्यक परेका सवारी साधन मात्र जोरकलशबाट इलाम प्रबेश गर्न दिईदै आएको छ । ग्रामिणबाट संचालन हुँने सवारी साधन समेत बन्द गरिएको छ । जिल्ला बाहिर संचालन हुँने सवारी साधन इलामका बजार क्षेत्रमा रोक्न प्रतिबन्द लगाईएको छ । कन्याम लगायतका पर्यटकीय क्षेत्रमा लुकीछिपी आएका पर्यटकलाई समेत स्थानीय प्रहरीले धपाउने गरेको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले जिल्लामा केहीदिन अघि संचालिन लोकसेवाको परीक्षा र त्रिभुवन बिश्वबिद्यालयको परीक्षाका कारण भएको बाक्लो चहलपहल भएकाले संक्रमण रोक्न कठिन भएको बताउनु भयो । प्रजिअ खड्काले बजार क्षेत्रमा प्रहरी परिचालन गरी कडाई गरीए पनि ग्रामिण क्षेत्रका प्रहरी नपुग्ने स्थानमा स्थानीय भेला हुने जस्ता कार्यले कोरोना रोक्न नसकिएको जानकारी दिनु भयो । उहाले अरु बिकल्प नभएकाले बन्दाबन्दी थप गर्नु परेको जानकारी दिनु भयो । हाल सम्म जिल्लमा १७ हजार १सय १७ जनाको कोरोना परीक्ष्ण गरिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । हाल सम्म ३ हजार ६ सय ७९ जनाले कोरोनालाई जितेका छन् ।
जिल्लामा फ्रन्ट लाईनमा काम गर्ने र ५० बर्षका माथीका गरी ६१ ह्जार ५ सय जनालाई कोरोना बिरुद्धको खोप लगाई सकिएको स्वास्थ्य कार्यालय इलामका खोप निरीक्षक गंगाधर पण्डितले जानकारी दिनु भयो । पछिल्लो इलाम इलामका ग्रामिण क्षेत्रमा समेत कोरोना फैलएको छ । माई नगरपालिकाले बन्दाबन्दी थप गर्दे बन्दाबन्दीको अवज्ञाा गर्नेलाई १ लाख ५० हजार जरिवाना लिने निर्णय गरेको छ ।

TOP