प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

नेकपा एमालेको औपचारिक विभाजन, नेपाल समूहले दर्ता गरायो आयोगमा नयाँ पार्टी

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
नेकपा एमालेको औपचारिक विभाजन, नेपाल समूहले दर्ता गरायो आयोगमा नयाँ पार्टी

काठमाण्डौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएको छ। बुधबार एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै लामो समयसम्म विवादमा रूमल्लिएको एमाले औपचारिक रूपमा विभाजन भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको केही घन्टामै नेपाल समूहका नेताहरूले कान्तीपथस्थित निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन्।

‘हामीले निवेदन दिएका छौं। अब आयोगले पार्टीको नाम र चुनाव चिन्हको अध्ययन गरेर हामीलाई स्वीकृति दिन्छ,’ सांसद मेटमणि चौधरीले भने।
अर्का नेता जगन्नाथ खतिवडाका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताब राखिएको छ। सेतोपाटीबाट

TOP