पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

देशभर अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिए

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
देशभर अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौ: नेपालमा एकैदिन अहिलेसम्मकै बढी ७ हजार २ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट ७ हजार १ सय ३७ जना तथा ६ सय २३ एन्टिजेन परीक्षणबाट ७४ जना गरी ७ हजार २ सय ११ जना संक्रमित थपिएका हुन् ।

थपिएकामा काठमाडौं उपत्यकामात्र ३५ सय ९५ जना हुन् ।जसमा काठमाडौंका २७ सय ४४, ललितपुरका ५ सय ५० तथा भक्तपुरका ३ सय १ जना थपिएका हुन् ।त्यस्तै रुपन्देहीका ४ सय ६६ जना, बाँकेका ४ सय ६ जना, मोरङका २ सय ४९ जना, कैलालीका २ सय ३२ जना, धनुषाका २ सय २८ जना, सुर्खेतका १ सय ७४ जना, मकवानपुरका १ सय ६९ जना रहेका छन् ।

थपिएकामा ९ वर्ष मुनिका बालबालिकामात्रै १ सय ६६ जना हुन् । त्यस्तै १० देखि १९ वर्षका ४ सय ५७ जना थपिएका छन् ।हाल सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ पुगेको छ ।आइतबार थप २७ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेका छन् ।त्यसैगरी १६ सय १२ जना संक्रमणमुक्त भएका छन् । यो दर कुल संक्रमितको ८४ दशमलव ५१ प्रतिशत मात्रै हो ।

TOP