जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

देशभर अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिए

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
देशभर अहिलेसम्मकै बढी कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौ: नेपालमा एकैदिन अहिलेसम्मकै बढी ७ हजार २ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १६ हजार १ सय ४७ पीसीआर परीक्षणबाट ७ हजार १ सय ३७ जना तथा ६ सय २३ एन्टिजेन परीक्षणबाट ७४ जना गरी ७ हजार २ सय ११ जना संक्रमित थपिएका हुन् ।

थपिएकामा काठमाडौं उपत्यकामात्र ३५ सय ९५ जना हुन् ।जसमा काठमाडौंका २७ सय ४४, ललितपुरका ५ सय ५० तथा भक्तपुरका ३ सय १ जना थपिएका हुन् ।त्यस्तै रुपन्देहीका ४ सय ६६ जना, बाँकेका ४ सय ६ जना, मोरङका २ सय ४९ जना, कैलालीका २ सय ३२ जना, धनुषाका २ सय २८ जना, सुर्खेतका १ सय ७४ जना, मकवानपुरका १ सय ६९ जना रहेका छन् ।

थपिएकामा ९ वर्ष मुनिका बालबालिकामात्रै १ सय ६६ जना हुन् । त्यस्तै १० देखि १९ वर्षका ४ सय ५७ जना थपिएका छन् ।हाल सक्रिय संक्रमितको संख्या ४८ हजार ७ सय ११ पुगेको छ ।आइतबार थप २७ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेका छन् ।त्यसैगरी १६ सय १२ जना संक्रमणमुक्त भएका छन् । यो दर कुल संक्रमितको ८४ दशमलव ५१ प्रतिशत मात्रै हो ।

TOP