इलामका ७१ हजारलाई कोभिड बिरुद्धको खोप लगाइदै – Hamropalika
पर्यटन इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु पालिका विशेष ‘इलम इलाम’ अवधारणसहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा जीवनशैली इलामको फिक्कलमा बैशाख ३ र ४ गते सडक महोत्सव हुने अर्थ वाणिज्य इलामको फिक्कलमा बैशाख ३ र ४ गते सडक महोत्सव हुने अर्थ वाणिज्य सूर्योदयका १ सय ९६ जना किसानलाई काउ म्याट बितरण Uncategorized सूर्योदयका १ सय ९६ जना किसानलाइ काउ म्याट बितरण अर्थ वाणिज्य अन्तु महोत्सव आजबाट शुरु अर्थ वाणिज्य रोङको हाँसपोखरीमा आजबाट पर्यटन तथा कृषि महोत्सव शुरु हुदै प्रदेश १ कांग्रेसका डम्बर खड्कालाई भोट माग्न इलाम २ का मतदाताको घरदैलोमा गगन थापा प्रदेश १ रास्वपाका मिलन लिम्बू चुनावी प्रचार गर्दै मतदाताका घर-घरमा
Hamropalika menu advertisement

इलामका ७१ हजारलाई कोभिड बिरुद्धको खोप लगाइदै

  • प्रकाशित मितिः April 18, 2024
  • hamro_palika

इलाम । सरकारले २३ फागुनदेखि ५५ वर्षमाथिका नागरिकलाई कोभिड(१९ विरुद्धको खोप दिने तयारी गरेको छ । दोस्रो चरणको पहिलो प्राथमिकतामा ५५ देखि ७४ वर्ष उमेरसमूहका व्यक्तिहरुलाई कोभिड(१९ विरुद्धको खोप लगाउने भएको हो ।

यसको तयारी इलामसहित देशैभर सुरु गरिएको छ । इलाममा यस चरणमा ७१ हजार जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । तत्काल १५ हजार जनालाई पुग्ने खोप आइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘अहिले १७ सय भायल खोप आइसकेको छ । त्यसले १७ हजारलाई पुग्छ । ग्रामीण क्षेत्रमा १० प्रतिशत खेर गएपनि १५ हजारलाई पुग्छ’ कार्यालय वृजकुमार दासले पत्रकारहरुसँगको अन्तरक्रियामा भने, ‘भण्डारणमा समस्या भएकाले एकैपटक नल्याइएको हो, बाँकी पनि आउँछ ।’

यसपटक स्वास्थ्य केन्द्र र खोप केन्द्रबाट खोप लगाइनेछ । अन्य खोपजस्तो वडावडामा गएर दिन असम्भव भएकाले स्वास्थ्य केन्द्र र खोप केन्द्रबाट मात्र खोप लगाइने कार्यालयले जनाएको छ ।कोभिड(१९ विरुद्धको दोस्रो चरणका खोपका लागि करिब ३ सय स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी कार्यालयले गरेको छ ।

स्वास्थ्यकर्मीको साथमा दुई जना स्वयमसेवक् समेत हुनेछन् । उनीहरुले जिल्लाका २ सय १४ वटा खोप केन्द्रबाट खोप लगाउने स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाईजर गंगाधर पण्डितले जानकारी दिए । यसैगरी यही चरणमा ४० देखि ५४ वर्ष उमेर समूहमध्ये तोकिएका दिर्घ रोगीलाई पनि खोप लगाइनेछ ।

यो अभियान २७ फागुनसम्म संचालन हुनेछ ।भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि कोभिड(१९ विरुद्धको खोप अभियान सुरु भएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा २६ माघदेखि ३० माघसम्म फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मीलाई खोप लगाइएको थियो ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा २ फागुनदेखि ८ गतेसम्म पत्रकार, सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा छुटेकाहरुलाई कोभिड(१९ विरुद्धको खोप दिइएको थियो ।

पहिलो चरणमा इलामका ६२ प्रतिशतले कोभिड १९ रोग विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार २ हजार ६० जनाले कोभिड १९ रोग विरुद्धको खोप लगाएका हुन् । कार्यालयले ३ हजार ३ सय ३० जनालाई खोप लगाउने लक्ष्य भएपनि पूरा भने हुन नसकेको कार्यालय प्रमुख दासले बताए ।

उनका अनुसार पहिलो चरणको पहिलो प्राथमिकतामा परेका १४ सय ६५ जना र पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका २ हजार ६० जनाले खोप लगाएका छन् ।जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमध्ये ३९ प्रतिशत, निजामती कर्मचारीध्ये ७० प्रतिशत, जनपथ प्रहरीमध्ये ३८ प्रतिशत, सशस्त्र प्रहरी शतप्रतिशत, बैंक तथा बित्तिय समूहका कर्मचारीमध्ये ५४ प्रतिशत, प्राधिकरण तथा संस्थानमा कार्यरतमध्ये १० प्रतिशत र न्याय सेवा समूहका ९३ प्रतिशत कर्मचारीले मात्र कोभिड १९ रोग विरुद्धको खोप लगाएका छन् ।

पत्रकारहरुमध्ये करिब ४० प्रतिशतले मात्र कोरोना बिरुद्धको खोप लगाएका छन् । यो खोपको दुई मात्रा १० देखि १२ साताको अन्तरमा दिइन्छ । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकाहरुले बैसाख ७ मा दोस्रफ मात्राको खोप लगाउनेछन् । स्वास्थ्य कार्यालयका प्रमुख दासले कोरोना बिरुद्धको खोप निर्धक्क भएर लगाउन सबैलाई आव्हान गरेका छन् । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले यस खोप लगाउन आह्वान समेत गरे ।

के खाने, के नखाने ?

कोभिड(१९ विरुद्धको खोप लगाउनुअघि वा पछि निश्चित खाना खाँदा खोप बढी प्रभावकारी वा कम प्रभावकारी हुने भन्ने नहुने चिकित्सकहरू बताउँछन् । सामान्य आफूले सधैँ खाइरहेको खाना खाँदा समस्या हुँदैन ।

हालसम्म नेपाल लगायत संसारका अन्य मुलुकमा पनि कोभिडको खोप लगाएपछि मानिसहरूलाई ज्वरो आए जस्तो हुने, जिउ दुख्ने वा बिसन्चो हुने जस्ता लक्षणहरू देखिएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोभिड खोप लगाएपछि देखिने तर हानिकारक नठानिएका त्यस्ता लक्षणहरूबारे उल्लेख गरेको छ ।

त्यस्तो बेला शरीरमा पानीको मात्रा कम भएको हुन सक्ने कुरामा ध्यान दिनुपर्छ । त्यस्तै मद्यपानले शरीरमा पानी कम हुने अवस्था सिर्जना गर्ने र रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाइदिन्छ भन्ने पुराना अध्ययनहरूले देखाएको कारण मदिरा सेवन नगर्नु उचित नहुने चिकित्सकहरु सुझाव दिन्छन् ।

कोभिड १९ विरुद्धको खोप कसले लगाउने, कसले नलगाउने ?

१८ वर्ष माथिका सबैले कोभिड(१९ विरुद्धको खोप लगाउन सकिन्छ । मुटु रोग मधुमेह र अन्य दीर्घ रोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ । खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को डोज लगाउनुहुँदैन ।

ज्वरो आएको बेला, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती हुन इच्छुक महिला, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामी लगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन्।

१८ वर्ष भन्दा कम उमेरका लाई पनि खोप लगाउन सिफारिस गरिँदैन । खोप लगाएको ३ देखि ६ हप्तामा मात्रै अर्को मात्रा लिनुपर्छ। दोस्रो मात्रा लगाएको ४ हप्तापछि शरीरमा एन्टिबडी बन्न थाल्छ। त्यो भन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ।

अन्यथा आफू र अरुलाईलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ। दोस्रो मात्राको खोप सोही कम्पनीको लगाउनुपर्छ जुन पहिलो मात्रामा लगाइएको छ। हाल बजारमा आएका खोपहरुको प्रभावकारिता, तिनका असर लगायतका बारेमा निक्र्यौल गरेरै भन्न नसकेपनि अनुमोदित सबै खोपहरु संक्रमणको विरुद्धमा ९० प्रतिशत माथि नै प्रभावकारी पाइएका छन्। जुन निकै सकारात्मक पक्ष हो।

खोपका असरहरु कसरी थाहा पाउने ?

सबैभन्दा पहिले त खोप लगाउँदा आफ्नो शारीरिक स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गरेर उनीहरुकै प्रत्यक्ष निगरानीमा खोप लगाउनुपर्छ। तर खोप लगाइसकेपछि त्यसले आफ्नो शारीरिक स्वास्थ्य अनुकुल प्रतिक्रिया देखाउँछ कि विपरित भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।

खोप लगाइसकेपछि स्वासप्रश्वास प्रणालीमा समस्यामा देखियो,जस्तै घाँटी अठ्याएजस्तो अनुभव हुनु, श्वास फेर्दा छोटो भएजस्तै वा घ्यारघ्यार हुनु, खोकी लाग्नु, वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु, रिंगटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, लगायतका नकारात्मक प्रतिक्रिया देखिन सक्छन् ।

कसैकसैलाई जीउभरि फोका उठी चिलाउने तथा ओठ र अनुहार एवं घाँटी सुन्निने पनि हुन सक्छ। यी यस्ता समस्या देखिएमा आफूले परामर्ष गरिरहेको चिकित्सकसँग सल्लाह दिने र नजिकैको स्वास्थ्य संस्थामा गइहाल्नुपर्छ।

तर, यहाँ बुझनैपर्ने कुरा के हो, भनेजसरी कोरोनाका लक्षण र प्रभाव मानिस अनुसार फरक फरक हुन्छ त्यसैगरि खोपको असर पनि फरक हुन सक्छ। कसैलाई खोपले गम्भीर खाले समस्या देखिन सक्छ त कसैलाई सामान्य।

यद्यपी हालसम्म खोप लगाएपछि गम्भीर असर परेको घटना पाइएको भने छैन । विशेषत खोप बजारमा ल्याई प्रयोगमा ल्याउनुपूर्व नै धेरै चरणमा क्लिनिकल परिक्षण गरिएको हुन्छ। जसले गर्दा डराइहाल्नुपर्ने हुन्न। खोपका असर सामान्य देखिएका छन् जुन सामान्य हो।

तसर्थ ढुक्क भएर खोप लगाउन सकिन्छ। तर खोप लगाइसकेपछि एन्टीबडी बन्न ४ सातासम्मको समय लाग्ने भएकाले सो अवधिभर भने स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा अपनाउनै पर्छ । नयाँ बुलन्दबाट

TOP