जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

शिल गरिएको पानीको जार भित्र किरा भेटीएपछि…

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
शिल गरिएको पानीको जार भित्र किरा भेटीएपछि…

इलाम: इलामबाट उत्पादित एक खानेपानीको जारमा फोहोर भेटिएको छ । सिल नखोलिएको पानीको जार भित्र किरा र अन्य फोहोर जस्तो वस्तु फेला परेको हो । इलाम चोक बजारमा रहेको एभ्रेष्ट काष्ट नामक कम्पनीमा ल्याइएको पानीमा सो बस्तु फेला परेको एभ्रेष्ट काष्ट कम्पनीका सञ्चालक जिवन न्यौपाने बताउनु भयो । उहाँका अनुसार केही दिन अगाडी आफ्नो कार्यालयमा पानी ल्याएको र खानलाई खोल्दा अखाद्य बस्तु जार भित्र फेला परेको हो ।
पानीमा सो बस्तु फेला परेपछि पानी उत्पादक कम्पनी र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको एभ्रेष्ट काष्टका चेतन खतिवडाले बताउनुभयो ।
पानीको जारमा फोहोर भएको बारे कम्पनीका सञ्चालक लिला खड्गीले गल्ति भएको बताउनु भयो । उहाँले गल्ति भएछ अब यस्तो नहुने बताउनु भयो । यसअघि समेत सोहि कम्पनीले उत्पादन गरेको पानीमा अखाद्य बस्तु फेला परेको थियो ।
इलाममा यो मात्र एक पानी उत्पादक कम्पनी हो । अधिकांस क्षेत्रमा यहिँबाट पिउने पानी जाने गरेको छ । तर अखाद्य वस्तु फेला परेपछि स्थानिय सचेत हुन आवश्यक छ । यस विषयमा इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले अनुगमन सहित छानमिन गरिने बताउनु भयो ।
पानी उत्पादक कम्पनीको कमजोरीले स्थानीयको स्वास्थ्यमा समस्या हुने भएपछि जिल्लाबासीले गुणस्तरबारे थाहा पाउने गरि स्टीकर लगाउन समेत कम्पनी समक्ष माग गरेका छन् । पानीको जार बाहिर कति लिटर छ र उत्पादक कम्पनीको बारे जानकारी समेत छैन । यसले गर्दा समेत फिल्टर नगरी पानी बजारमा ल्याएको भन्ने आशंका गरिएको छ ।

TOP