प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

फिक्कल अस्पतालमा इको सेवा संचालन

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
फिक्कल अस्पतालमा इको सेवा संचालन

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा संचालित फिक्कल अस्पतालमा इको सेवा संचालनमा ल्याइएको छ । थप स्वास्थ्य सेवा बिस्तार गरी नागरिकलाई सेवा प्रदान गर्नका लागि अस्पतालमा इको सेवा संचालनमा ल्याइएको हो ।
बार्षिक ६० हजार बढी नागरिकले सेवा लिदै आएको अस्पतालले स्थानीय स्तरमै नागरिकलाई सेवा दिनका लागि इको सेवा संचालनमा ल्याइएको अस्पतालका प्रमुख डा. सरोज दर्नालले जानकारी दिनु भयो । अस्पतालमा आयोजित एक कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत बिज्ञान कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । कार्यबहाक नगर प्रमुख बरालले अस्पतालमा इको मेसिन संचालनमा ल्याइए पछि सूर्योदय नगरपालिका सहित छिमेकी पालिकालाई समेत सहज भएको बताउनु भयो । उहाले भन्नु भयो‘इको सुविधा लिनकै लागि धाएर झापा सहितका अन्य जिल्ला जानु पर्ने र महंगो शुलक तिर्नु पर्ने बाध्यतको अन्त्य भएको छ, यसले हाम्रा नागरिकलाई सहज बनाएको छ ।’
डा. दर्नालले बिरामीको चापलाई मध्यनजर गरी उक्त मेसिन संचालन गरिएको जानकारी दिनु भयो । डा. दर्नालले चिसो मौषममा बढी मुटु रोगी भेटीने गरीएकाले उक्त सेवा संचालन भएपछि यहाँका सेवाग्रहीलाई ठूलो राहत मिलेको बताउनु भयो ।अस्पतालको सुविधा सम्पन्न भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । नयाँ भवनबाट सेवा संचालन भएपछि स्थानीयलाई सहज सेवा प्रदान गर्न सकिने नगरका प्रमुख प्रशासकीय अधिकृत बिज्ञान कोइरालाले जानकारी दिनु भयो । उक्त सेवा संचालन संगै फिक्कल अस्पतालको सामाजिक परीक्षण तथा आम भेला कार्यक्रम समेत सम्पन्न भएको छ ।
यस अघि नै फिक्कल अस्पतालमा पूर्ण अटोमेटीक बायोक्यामेस्टी एनालाईजर मेसीन जडान जडान गरिएको छ । नगरले नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी अत्यन्तै छिटो परीक्षण रिर्पोट दिने गरि मेसीन जडान जडान गरेको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त उक्त मेसिनको रिर्पोटको मान्यता शत प्रतिशत रहेको छ ।उक्त मेसिन संचालन गरिएपछि छिटो रिर्पोट दिन सहज भएको अस्पतालका प्रशासन प्रमुख फाजुङ भोटेले जानकारी दिनु भयो । फिक्कल अस्पताल पहाडी क्षेत्रका अस्पताल मध्ये बढी सेवा दिने अस्पतालमा पर्दछ । नगरका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले समयानुकुल अस्पताललाई ब्यवस्थित र प्रविधिमैत्री बनाईदै लागिने जानकारी दिनु भयो ।

TOP